Перейти к содержимому

Video by Babita Rai

Tinjure Times

0:00 / 0:00

Video by Babita Rai

3 252 просмотра · 3 недели назад
Tinjure Times
53 подписчика
3 252 просмотра · 3 недели назад
लोपोन्मुख पालाम् जोगाउँदै म्याङलुङका सीता र छत्रमाया दिदी–बहिनी | पालाम् र धान नाचको कथा तेह्रथुम सदरमुकाम म्याङलुङका सीता राई र छत्रमाया राई दिदी–बहिनी उमेरले ६० वर्ष नाघिसक्दा पनि मौलिक लिम्बू संस्कृति संरक्षणमा सक्रिय हुनुहुन्छ। म्याङलुङ बजार तथा आसपासका मेला–बजार, उत्सव र विभिन्न अवसरमा उहाँहरू परम्परागत भेषभूषामा सजिएर धान नाच्दै पालाम् गाउँदै हिँड्नुहुन्छ। राई समुदायमा जन्मिए पनि लिम्बू परिवारमा विवाह भएपछि लिम्बू संस्कृतिप्रति उहाँहरूको प्रेम र लगाव बढ्दै गयो। पछिल्लो समय नयाँ पुस्तामा धान नाच र पालाम्प्रतिको रुचि घट्दै जाँदा यी मौलिक संस्कृति लोपोन्मुख अवस्थामा पुगेका छन्। नयाँ पुस्ताले सिकून्, बुझून् र संरक्षण गरून् भन्ने सन्देशसहित उहाँहरू निरन्तर पालाम् गाउँदै हुनुहुन्छ। बुढ्यौली उमेरमा पनि संस्कृति संरक्षणमा सक्रिय यी दिदी–बहिनीको पालाम् र उहाँहरूको सांस्कृतिक यात्राबारे गरिएको विशेष कुराकानी। 🎤 कुराकानी : वविता राई 📍 म्याङलुङ, तेह्रथुम