Перейти к содержимому

१४ वर्षको उमेरमा ३४ वर्षको पाको केटासँग बिहे, सौताका सहित ९ सन्तान हुर्काएकी आमाको आँसुका श्लोकहरू

CB Bhurtel

0:00 / 0:00

१४ वर्षको उमेरमा ३४ वर्षको पाको केटासँग बिहे, सौताका सहित ९ सन्तान हुर्काएकी आमाको आँसुका श्लोकहरू

954 просмотра · 16 ч назад
CB Bhurtel
36,2 тыс. подписчиков
954 просмотра · 16 ч назад
"नमस्कार दर्शकबिन, आजको ६७६ औँ शृङ्खलामा हामीले वि.सं. २००२ सालमा कास्कीको डाँडागाउँमा जन्मेर १४ वर्षको सानै उमेरमा विवाह गरी निर्मलपोखरी वनपाला आउनुभएकी ८१ वर्षीया आमा तारा देवी पौडेलको निकै मार्मिक, अनौठो र आँसु आउने जीवन कथा लिएर आएका छौँ। ९ सन्तान जन्माएर हाल ७ सन्तान हुर्काउनुभएकी तारा देवी आमाको जीवनको भोगाइ दुःखको एउटा निकै नौलो र घतलाग्दो इतिहास हो। माइतमा आफ्ना ७ जना दिदीबहिनी भएपछि छोरा पाउनकै लागि उहाँका बुबाले ४ वटा विवाह गरेको अनौठो पारिवारिक पृष्ठभूमि यहाँ समेटिएको छ। १४ वर्षको कलिलो उमेरमा ३४ वर्षको पाको पुरुष—त्यो पनि २ सन्तानको पिता भइसकेका श्रीमान्सँग सौतामाथि विवाह भएपछि आमाले बाल्यकालमै भोग्नुपरेको गरुङ्गो जिम्मेवारी हृदयविदारक छ। आफूले भोगेका तिता-मीठा दिन र दुःखलाई आमाले निकै मार्मिक श्लोकहरू मार्फत व्यक्त गर्नुभएको छ: 'बालै अवस्थामा परेको ब्यवहार, धेरै आपत के कहुँ, छोरा र छोरी बस्थे वरि र परि, भाई र बहिनी सरी, तिनीलाई ख्वाइ स्कुल पठाइ, गरेँ तिनको सेवा, गोरु छ हलमा लइनु गाई गोठमा, दही मथ्ने नेती, काखको बालख कोर्कामा राखेर गर्नुपर्थ्यो खेती...' आफ्ना ७ र सौता दिदीका २ गरी ९ सन्तानलाई हुर्काउन, पढाउन र सेवा गर्न आमाले दिन-रात नभनी गरेको त्यो कठोर संघर्ष र रोएरै बिताएका दिनहरू उहाँले यस भिडियोमा सम्झनुभएको छ। कयौँ आँधीहुरीहरू झेलेर जीवनको यो उत्तरार्धमा आइपुग्नुभएकी आमाको यो वास्तविक, मार्मिक र काव्यिक जीवन भोगाइ पूरा हेरिदिनुहोला र कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद। यदि तपाईंलाई हाम्रो सामग्री मनपर्छ भने कृपया भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। If you like our content, please Like, Share, and Subscribe to our channel for more traditional and historical stories of Nepal. सम्पर्क (Contact):यदि तपाईंको गाउँ ठाउँमा पनि यस्तै प्रेरणादायी वा पुराना कथा बोकेका वृद्ध आमा-बुबाहरू हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।📞 सम्पर्क नं: ९८४१३१७१८५ Our Social Links:[  / cb.bhurtel  ] Copyright Notice:All rights of this video are reserved with CB Bhurtel (CB Production). Downloading and re-uploading this video on other channels or platforms without permission is strictly prohibited. However, iframe embedding is allowed.