Перейти к содержимому

"ति दिन सम्झँदा आज पनि आङ सिरिङ्ग हुन्छ"एक्लै भारी बोकेर सन्तान हुर्काएकी आमाको कथा | Ep 685

CB Bhurtel

0:00 / 0:00

"ति दिन सम्झँदा आज पनि आङ सिरिङ्ग हुन्छ"एक्लै भारी बोकेर सन्तान हुर्काएकी आमाको कथा | Ep 685

2 329 просмотров · 1 дн. назад
CB Bhurtel
36,3 тыс. подписчиков
2 329 просмотров · 1 дн. назад
"नमस्कार दर्शकबिन, आजको ६८५ औँ शृङ्खलामा हामीले वि.सं. २००७ सालमा कास्कीको हेम्जामा जन्मेर १३ वर्षको सानै उमेरमा विवाह गरी धितालको डडाले पुग्नुभएकी ७६ वर्षीया आमा सन्तु माया ढुङ्गानाको निकै मार्मिक, हृदयविदारक र आँसु आउने जीवन कथा लिएर आएका छौँ। ६ सन्तान जन्माएर हाल ४ सन्तानकी आमा रहनुभएकी सन्तु माया आमाको जीवन भोगाइ दुःख र संघर्षको एउटा निकै कहालीलाग्दो इतिहास हो। बाल्यकालदेखि नै माइतमा आफ्नी आमाले गर्ने हरेक काममा हात बढाउँदै हुर्कनुभएकी आमाको जब १३ वर्षको कलिलो उमेरमा विवाह भयो, तत्पश्चात उहाँको जीवनमा दुःख र कष्टका दिनहरू सुरु भए। मध्यरातमा उठेर ठूला-ठूला गाग्रीमा पानी बोक्न जाँदा पँधेरामा निदिँनीले कपडा धोइरहेको हुने र बाटोमा सुँगुर कुद्दै कराएर तर्साउने गरेको त्यो डरलाग्दो विगत उहाँले यस भिडियोमा सम्झनुभएको छ। रातमै ढिकी-जाँतो र पानी-पँधेरो गर्ने कडा परिश्रम उहाँले गर्नुभयो। आमाको जीवनमा सबैभन्दा ठूलो बज्रपात तब पर्‍यो, जब उहाँका श्रीमान्ले पछि अर्को विवाह गरेर सौता भित्र्याए। श्रीमान्ले सौता ल्याएपछि आफ्ना साना सन्तान हुर्काउन आमा एक्लै विवश बन्नुभयो। धेरै टाढा-टाढासम्म भारी बोकेर, ज्याला मजदुरी गरेर आमाले एक्लै ती सन्तानलाई हुर्काउनुभयो। मन साह्रै दुख्दा माइतमा गएर रुन र गुनासो गर्न समेत उहाँले पाउनुभएन, किनकि उहाँको विवाह हुने बित्तिकै आमा-बुबा दुवैको मृत्यु भइसकेको थियो। कसैको आड-भरोसा नभएपछि एक्लै रोएर रात बिताउनुपरेको त्यो कारुणिक क्षण सम्झँदै आमा भन्नुहुन्छ, "ती दिन सम्झँदा अहिले पनि आफ्नै आङ सिरिङ्ग हुन्छ बाबु।" यो ९० वर्षको उमेरमा पनि एकछिन फुर्सदमा नबसी घरधन्दा र खेतीकिसानी गरेर गाउँमै रमाइरहनुभएकी यी आमाको वास्तविक जीवन भोगाइ पूरा हेरिदिनुहोला र कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद। यदि तपाईंलाई हाम्रो सामग्री मनपर्छ भने कृपया भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। If you like our content, please Like, Share, and Subscribe to our channel for more traditional and historical stories of Nepal. सम्पर्क (Contact):यदि तपाईंको गाउँ ठाउँमा पनि यस्तै प्रेरणादायी वा पुराना कथा बोकेका वृद्ध आमा-बुबाहरू हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।📞 सम्पर्क नं: ९८४१३१७१८५ Our Social Links:[  / cb.bhurtel  ] Copyright Notice:All rights of this video are reserved with CB Bhurtel (CB Production). Downloading and re-uploading this video on other channels or platforms without permission is strictly prohibited. However, iframe embedding is allowed.