Перейти к содержимому

धातुका सामग्री बनाउँदै श्रमिक

Akhabar Dainik

0:00 / 0:00

धातुका सामग्री बनाउँदै श्रमिक

64 просмотра · 8 дн. назад
Akhabar Dainik
130 подписчиков
64 просмотра · 8 дн. назад
भक्तपुरको सल्लाघारीस्थित एक कारखानामा धातुका सामग्री बनाउँदै श्रमिक । तीन दशकदेखि सञ्चालनमा रहेको यस कारखानामा तामा, ढलोट, काँस र आल्मुनियमलगायत धातु पगालेर दैनिक प्रयोगमा आउने थाल, कचौरादेखि देवीदेवताका मूर्तिसम्म बनाइन्छ । परम्परागत सीप र प्रविधिको प्रयोग गर्दै श्रमिकले धातुलाई विभिन्न आकारमा ढाल्ने काम गर्दै आएका छन् । कारखानामा धातु पगाल्ने, ढाल्ने, काट्ने तथा आकार दिने कामका विभिन्न दृश्य देख्न सकिन्छ । पुस्तौँदेखि चलिआएको सीपलाई निरन्तरता दिँदै यहाँका श्रमिकले मेहनत र सीपमार्फत धातुका सामग्री उत्पादन गर्दै आएका छन् । भिडियाेः प्रविन पाैडेल