अपराधीको घाँटीसम्म पुग्ने एउटा फाँसी बनाइदेऊ सरकार..❤️🙏🥀😢✍️ #murkutta #poetry #fyp #nepalimaya
Principal of Murkutta
0:00 / 0:00
अपराधीको घाँटीसम्म पुग्ने एउटा फाँसी बनाइदेऊ सरकार..❤️🙏🥀😢✍️ #murkutta #poetry #fyp #nepalimaya
111 просмотров · 1 месяц назад
Principal of Murkutta
5,1 тыс. подписчиков
111 просмотров · 1 месяц назад
#murkuttapoetry #foryou #yt #justiceforgarima #tiktokfamily #raiseyourvoice
तारा बाजी लै लै र कुकुरी का पढेर हुर्किएको म,अचेल बलात्कार को दोहोरी भेट्दै छू,न अन्याय निर्दोष लाई न माफी दोषीलाई,आज एउटा कहाली लाग्दो कथा लेख्दैछु,सोचेको थिएँ मेरो कलम ले सफलता र सुख मात्र लेखोस् सधैं, नारिको सरिर लाई सारी र सल भित्र सम्मान गर्ने मेरो कलम,आज पहिलो पल्ट केही नारिको लुटिएको सरिर लेख्दैछु, प्रिय चेली मलाई र मेरो कलम लाई माग गरिदेउ तिमी,
मेरो कविताको शीर्षक,तस्बिर होइन न्याय देऊ मलाई।
आज प्रकृति पनि निरास थियो एउटा कलिलो बालिका को सास रोकिए पछि त्यो हावा पनि सान्त र चुपचाप थियो, दिनभरि छोरीको न्याय को लागि भौतारिएको एउटा बा,रातको दुई बजे भर्खर आँखा बन्द मात्र भएको थियो एउटा आवाज,बा तिमी निदायौ र यति सजिलै, बा निन्द्र मै झस्किएर बिउँझिनु भयो अनि प्रस्न गर्नु भयो, को हो तिमी नानी,बा मलाई चिनेनौ म तिम्रो छाेरी,त्यही सानी छाेरी जो तिम्रो हातको औँला छोडेर भर्खर हिँड्न सिक्दै थिन, छाेरी तिमी आयौ बा आत्तिए,हो बा म त्यही छाेरी हु जसले तिम्रो हातको सहारा मा हिँड्न सिक्दै सिक्दै केही ब्वाँसो हरुले गिद्ध ले सिनो लुछेको जस्तै लुछे बा मलाई,म त्यही तिम्रो सानी छाेरी हु जसको लास खोज्दा खोज्दा तिम्रो आँखाहरू थाकेनन, बा को आँखाभरि फेरि एकपल्ट आशु ले भरिए तर छाेरीको आवाज रोकिएन,बा मलाई संसारले चिन्यो रे आज,के मैले यो संसारमा मलाई चिनाउन यही उमेरमा आफ्नो शरीर नै लुटाउनु पर्ने थियो र बा,कपडा च्यातिए पछि फेरि च्यातिएको मेरो कलिलो सरिर को हरेक अंगले न्याय माग्दै छ बा आज,साच्चै बा मलाई संसारले ले चिन्यो,मेरो तस्वीर सामाजिक सञ्जालमा राखियो मेरो लागि हजारौं शब्द लेखिए,मेरो लागि नारा लगाईयो तर बा के मैले न्याय पाउँछु र,मलाई त्यो सुन्दर र सुकिलो देखिने तस्बिर सामाजिक सञ्जाल मा चाहिएको नै छैन बा,मलाई मेरो अङ्ग अंङ्ग च्यात्तिएको त्यो पीडा र यातना को हिसाब चाहिएको हो,के मैले न्याय पाउँछु र बा,दाई सुन्न तिम्रो बहिनीलाई कसैले जिस्काउँदा पनि पिट्न जाने त आज तिम्रो बहिनी जस्तै अर्को एउटा चेलीको इज्यत लुटिदा पनि तिमी कसरी चुपचाप छौ,तिम्रो मन रोएको छैन र दाई,की म तिम्रो बहिनी नै होइन,मेरो शारीरिक हरेक अंग तिम्रै बहिनीको जस्तै होइन र,के आज मेरो तस्बिर मा हार्दिक श्रदाञ्जली लेखेर चित्त बुझाए जस्तै भोली तिम्रो बहिनीमाथि पर्यो भने हार्दिक श्रदाञ्जली मा चित्त बुझाउन सक्छौ र।मलाई थाहा छ म फर्किन अब तर चाहन्न म जस्तै अर्को दिदी बहिनी न लुटिउन अब,प्रिय समाज म मैले बदलाको आगो चाहेको होइन,वर्षौं बित्यो यहाँ हरेक वर्ष नारीको शरीरले न्याय मागेको मैले न्याय चाहेको हु,त्यसैले म चाहन्न की मेरो सरिर लुछ्ने ब्वाँसो हरु फेरि खुल्ला घुम्न न सकून्,आमाले छाेरी घर बाहिर जाँदा चिन्ता गर्नु नपरोस्,बा ले छाेरी जन्मिदा मुटु कमाउनु नपरोस्। म नाङ्गिएर मरेको होइन मलाई नंग्याएर मारिएको हो,मैले त न जीवन देखेको थिए न मृत्यु को अर्थ नै थाह थियो,मलाई त मारेर फालिएको हो,प्रिय सरकार,सायद तिमीले पनि देख्यौ होला मेरो तस्बिर,महसुस गर्यो होला मेरो पीडा,चल्यो होला सासंद भवनमा चर्चा,मलाई बहस र चर्चा चाहिएको होइन,मेरो तस्बिर share नगरे पनि हुन्छ सक्छौ भने मेरो पीडाको मलाई न्याय देउन,मेरो नाम मा भिडियो बनाएर हाल्नै पर्दैन,तर त्यो नरापिचास हरुलाई घटीमा पासो लाउने कानुन बनाइदेऊन,मलाई दुईदिनको सहानुभूति होइन जीवन भरीको सुरक्षा चाहिएको थियो,कुनै नारी को सरिर मर्द को भेषमा जन्मिएको नामर्द ले छुन सोच्न पनि नसकोस्,ताकि भोली गएर फेरि एउटा बा आफ्नो छाेरी को लास खोला खोला खोज्न नपरोस्,कुनै अर्को निर्मला जन्मिएर फेरि निर्मला जस्तै अन्त्य हुनु नपरोस्,कुनै गरिमाको कलिलो शरीरले फेरि यस्तो पीडा र यातना सहनु नपरोस्,अनि फेरि भोली कुनै सरिर नांगिएको चेलीको तस्बिर कसैले हार्दिक श्रदाञ्जली लेख्नु नपरोस्। प्रिय सायद तिमी सोच्ने गर्छौ होला म मरे भनेर,तर होइन म मरेकै छैन,एकपल्ट आफ्नो छोरीको आँखामा नियाल म तिम्रो छोरीको आँखामा डर बनेर बाँचेकी छू,प्रत्यक आमाको चिन्तामा बाँचेकी छू,प्रत्यक बा को काँपेको मुटुमा बाँचेकी छू,भन न दाई के म तिम्रो आँसुमा बाचेको छैन र,मेरो तस्बिर हेरेर मेरो कथा सुनेर तिम्रो आँखामा जुन आँसुको थोपा आडिएको छ नी,हो त्यही असुमा म बाँचेकी छू,म मरेकै छैन,