Перейти к содержимому

यति सानो बालक! अच्चमका कृयाकलाप!

Rishiram Chapagain

0:00 / 0:00

यति सानो बालक! अच्चमका कृयाकलाप!

77 просмотров · 2 недели назад
Rishiram Chapagain
45 подписчиков
77 просмотров · 2 недели назад
#success #@rishirammotivatin @archiveofrrc , #everings # #Amaizeing Child. ​ "हाम्रो घरको सानो सस्कार र अनुशासनको खानी: मेरो नाति अर्थव" ​मेरो नाति अर्थव दुई वर्षको पुगेर ३ वर्षमा प्रवेश गर्यो।​उसको बिहानीको सुरुवात निकै अनुशासित हुन्छ। ऊ बिहान उठ्छ, पानी पिउँछ, मञ्जन ब्रसले दाँत माच्छ। हजुरबा चिया पिउँदा, ऊ दूध पिउँछ। अनि खेल्न थाल्छ। मादल, खैँजडी बजाउँछ; हजुरआमा, आमा र हजुरबालाई गीत गाउन, ताली, मादल, खैँजडी लगाउन लगाएर ऊ ताल तालको नाच नाच्न थाल्छ। ​बिहान ८:४५ बजे पछि खानाको कुरा सुरु हुन्छ। सबैलाई हात धुन लगाउँछ। किचन टेबलमा खाना खान एक एक नाम र नाता जोडेर "माम खान आउनु" भन्छ। आफूले खाने भात, तरकारी, दूध, चट्नी, अचार, साग, मासु, दही, मोही, पानी सबै माग्छ र पुरै खान्छ। ​दिशा पिसाब गर्न मन लागेपछि "अं अं, सुसु आयो" भन्छ। दिशा पिसाब गरेपछि साबुन पानीले हात खुट्टा नधोई सुखै दिँदैन। प्यास लागे "पापा" भन्छ। जुत्ता, चप्पल नलगाई घर बाहिर हिँड्दैन। पाइतालामा धुलो लागे वा चप्पल-जुत्तामा धुलो/पानी परेको थाहा पाएसम्म अर्को सफा लगाउने भन्छ र पाइताला हातले सफा गर्ने गर्छ। आफूले वा हजुरबा, हजुरआमा वा जोसुकै होस् घरका जहाँनहरूलाई फोहर लागेको कपडाहरू, जुत्ता-चप्पल "फो फो" भनेर त्यो चिज अर्को सफा नलगाई सुखै दिन्नँ। ​ऊ एक भ्रमण प्रेमी पनि हो। हजुरबा, हजुरआमा, काका, काकी वा आफ्नी ममी सफा कपडा लगाएको देख्ने बित्तिकै पछि लागिहाल्छ। हजुरबाले हेल्मेट लगाएर मोटरसाइकल चलाएको देखे पछि उसले पनि हेल्मेट किन्न लगाएर आफूले पनि मोटरसाइकल चढ्दा आफैँले भित्र राखेको हेल्मेट लिएर आउँछ, फोहर लागेको पाए सफा गर्छ। अनि हेल्मेट लगाएपछि आफैँ हेल्मेट लक गर्छ, खोल्छ। घुमेर आएपछि हेल्मेटसँगै घरभित्र जान्छ अनि हेल्मेट झिकेर आफैँ आफ्नो ठाउँमा लगेर राख्छ। ​घरको कुकुरलाई ज्यादै माया गर्छ। आफूले खाएको सबै कुरा "हाउ हाउ" लाई नदिई सुखै दिँदैन; कुकुरले पनि चमत्कार माया गर्छे। उसले जङ्क फुड (Junk Food) अहिलेसम्म खाएको छैन। नुन एक वर्षसम्म र चिनी दुई वर्षसम्म खुवाइएन। दोकानतिर जाँदा दोकानमा "यो त्यो किन्दे" भन्दैन। ​बिहान हजुरबा डेरी जाँदा होस्, हजुरआमा स्कुल जाँदा-आउँदा होस्, ऊ जानै पर्छ। अरू बेला हजुरबाको साथी, स्कुल भित्र छिरेपछि हजुरआमाको पुच्छर जस्तै हुन्छ। ​सानो उमेरमै यस्तो राम्रो अनुशासन, संस्कार र माया बोकेको मेरो नाति अर्थवप्रति मलाई साह्रै गर्व लाग्छ!