Перейти к содержимому

हिमालयन बैंकविरुद्ध नेपाल भ्यालुअर्स एसोसिएसनद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

Arthabazar

0:00 / 0:00

हिमालयन बैंकविरुद्ध नेपाल भ्यालुअर्स एसोसिएसनद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

81 просмотр · 5 дней назад
Arthabazar
1,11 тыс. подписчиков
81 просмотр · 5 дней назад
धितो मूल्याङ्कनसम्बन्धी समस्या समाधानका लागि पटक–पटक गरिएको वार्ता र पत्राचारलाई बेवास्ता गरेको भन्दै नेपाल भ्यालुअर्स एसोसिएसनले हिमालयन बैंक लिमिटेडविरुद्ध दोस्रो चरणको सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार अनामनगरस्थित राष्ट्रिय प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतो, उपाध्यक्ष एवं आन्दोलन समिति संयोजक इन्जिनियर मनिष कर्ण र महासचिव इन्जिनियर अशोक सिलवालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । विज्ञप्ति वाचन गर्दै महासचिव सिलवालले हिमालयन बैंकसँग सम्बन्धित धितो मूल्याङ्कनका सम्पूर्ण कार्यहरू यसअघि नै बहिष्कार गरिएको जानकारी दिँदै माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाइने बताए । यस्तै, उपाध्यक्ष कर्णले संस्थामा ६ देखि ७ हजार इन्जिनियरहरू आबद्ध रहेको उल्लेख गर्दै बैंकले आफ्ना मागलाई बेवास्ता गरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिए । उनले वर्षौंदेखि मूल्याङ्कन शुल्क समायोजन नभएको भन्दै अन्य वाणिज्य बैंकसरह समान र पारदर्शी व्यवस्था लागू गर्नुपर्ने माग गरे । #HimalayanBank #ValuersAssociation #Arthabazar