Перейти к содержимому

BHUMARI || भुमरी || FULL NOVEL || Gita Kesari || श्रव्य पुस्तक | Audio Book || Milina Audiobooks

Milina Audiobooks

0:00 / 0:00

BHUMARI || भुमरी || FULL NOVEL || Gita Kesari || श्रव्य पुस्तक | Audio Book || Milina Audiobooks

253 просмотра · 1 г. назад
Milina Audiobooks
207 подписчиков
253 просмотра · 1 г. назад
कथाक्रम १.कैदी 'म' 00:00:08 २.अपराधी को ? 00:07:54 ३.ममता 00:26:08 ४.ध्यान गरें, तर देवी हराइन् 00:32:40 ५.अपहरण 00:38:46 ६.सहारा 00:51:07 ७.दृष्टि 01:05:00 8.एक्लै छैनौं 01:13:13 ९.तमासा 01:21:33 १०.मोक्ष 01:31:22 ११.ऐना 01:43:08 १२.प्रश्न 01:56:58 १३.लक्ष्य 02:09:45 नेपाली कथा साहित्यमा गीता केशरीको कथाकारिता नेपाली आख्यान साहित्यमा कथाले प्रमुख विधाको रूपमा स्थापित भएपछि आधुनिक चिन्तन, प्रवृत्ति, शिल्प र शैलीको प्रवेशसंग नेपाली कथा साहित्यमा सामाजिक, प्रगतिवादी, मनोवैज्ञानिक, अस्तित्ववादी र अब त विनिर्माणवादी उत्तरआधुनिक कथाहरू पनि लेखिन थालिएका छन्। तर नेपाली साहित्यको आफनै विशेषता के रहेको छ भने चेतना र चिन्तनको विभिन्न तह प्रतिविम्बित गर्दै एकै कालावधिभित्र भिन्न शैली, शिल्प, प्रविधि र भाषा-प्रयोगमा साहित्य सिर्जना हाराहारी भईआएका पाइन्छन्। नेपाली आख्यान परम्परालाई अग्रगति दिंदै गीता केशरीको सामाजिक यथार्थपरक समसामयिक कथाहरूको सङ्ग्रह भुमरीयसैको शृङ्खलाको एउटा कडीको रूपमा पाठकहरूका सम्मुख प्रस्तुत छ। नेपाली आख्यान साहित्यमा कथाकार गीता केशरी उपन्यासकारका रूपमा चिरपरिचित नाम हो भने प्रस्तुत कथा सङ्ग्रहले उनलाई एक सिद्धहस्त कथा लेखिकाका रूपमा पनि चिनाएको छ। कथा लेख्नु, भन् सरल भाषामा लेख्नु त कठीन काम हो। परम्परागतभन्दा भिन्न धारामा लेखिएका नेपाली आधुनिक कथामा पाइने प्रयोगधर्मिता, जटिल संरचना, रूपको विन्यास र भाषामा क्लीष्टताबाट मुक्त गीता केशरीका कथाहरू सरल कथा हुन्। संरचना र रूप पक्षलाई भन्दा विषयवस्तुलाई महत्त्व दिने कथा लेखिकाले कुनैकुनै कथाहरूमा सरल र रोचक ढडले मानवीय अन्तर्मनका जटिल गुत्थीहरूलाई सशक्त ढशले अभिव्यक्ति दिएकी छन्। आकारमा छोटा कथाहरू एक बसाईमा पढी सकिने मीठो खीरको एक गाँसजस्तो पाठकका मनमा कौतुहल सिर्जना गर्ने राम्रा र सारयुक्त छन्। आन्तरिक दृष्टिबिन्दुले लेखिएका धोरै (३) र वाह्य दृष्टिविन्दुले लेखिएका धेरै (१०) कथाहरू लेख्ने कदाकार गीता केशरीले कथाकथनमा आन्तरिक र वाह्य दृष्टिविन्दु शैलीको प्रयोग गरेकी छन्। दुई नारी र एक पुरुष, दुईभन्दा बढी नारी र एक पुरुष (शिशु) पात्रहरूबीचको त्रिकोणात्मक र बहुकोणात्मक दवन्दले सिर्जना गर्ने घटनावलीले रोमाञ्चक उनका कथाहरू घटनाप्रधान छन् भन्न सकिन्छ। कथामा भएका द्न्द र नाटकीय तत्त्वले उनको कथाकारितालाई सुन्दर, आकर्षक र प्रभावकारी तुल्याएका छन्। यधार्थ र आदर्शबीचको द्न्द (कैदी मा लाई कथामा सार्थक र सुन्दरतापूर्वक अभिव्यक्त गर्ने सामर्थ्य देखेर उनको कथाकारिताको प्रशंसा सबैले गर्नुपर्दछ। चाडबाड, सौतेनी आमा र सौतेनी सन्तान, अन्धविश्वास जस्ता परम्परागत विषयवस्तु (अपराधी को?, ध्यान गरें तर देवी हराइन्) देखि वर्तमान समाज र समसामयिक जीवनमा भोग्नुपर्ने हत्या र हिंसा, अशान्ति र सामाजिक असुरक्षा, चेलीबेटी बेचबिखन, पुरुषप्रधान समाजमा उपेक्षित नारी (ममता, अपहरण), भ्रष्टाचार, विकृति र विसकतिले व्यक्ति र समाजमा पारेका कुप्रभावजस्ता विषयमा लेखिएका उनका कथा यथार्थपरक र मार्मिक छन्। चिरन्तन रूपमा मानवजीवनमा विद्यमान रहेका स्वार्थ, रीसइवी तथा नारी मनको डाह प्रेरित बदलाको भाव आदिलाई विषय बनाएर पनि उनले कथाको रचना गरेकी छन्। त्यस्तै आमाबाबुको सन्तानप्रतिको मोह र सरोकारको विरुद्ध सन्तानको मुक्त र फुक्का जीवन बांच्ने उन्मुक्त इच्छाले दुई पिंढीका बीचमा वैचारिक द्वन्द तथा असमभरदारीलाई अभिव्यक्ति दिएर नयां पिंढीमा बद्दो सांस्कृतिक विचलन (एक्लै छैनौं, लक्ष्य ले परम्परागत मूल्य र मान्यतामा ल्याएको हास पनि उनका कथाका विषय बनेका छन्। उनका कथाहरूले आज पनि व्याप्त रहेका छोरीमाधि श्रेष्ठता वा लैड्विक भेदभाव र असमानताप्रति कटु व्यंग्य गरेका छन्। त्यसरी नै मान्छेमा निहित स्वार्थ र लोभले गिर्दो नैतिकता, पारम्परिक परिवारको संरचनाको विघटनतिर उन्मुखता र आधुनिक बन्धनहीन कृत्रिम जीवन शैलीप्रति कठोर व्यंग्य प्रहार गर्ने कथाहरू नै गीता केशरीका कथाका विशेषता पनि भएका छन्। समर्थ साहित्यको सिर्जनाको मूल आफ्नै समाज र मुलुकको परिवेश हुन्छन्। नेपाली समाजको विविधता हाम्ो धरोहर पनि हो। विविधतापूर्ण नेपाली समाजमा विद्यमान परम्परा, धर्म, संस्कृति र भाषाको विविधतालाई भल्काउने हिमालपार(कर्णाली अञ्चल, हुम्ला)को अभावग्रस्त, विपन्न र कठोर हिमाली जनजीवन र संस्कृतिको सुन्दर कथा (प्रश्न) लेख्ने कथाकार गीता केशरीको कथाका पात्रले निम्न-मध्यम वर्ग, विपन्न र गरीबहरूकै प्रतिनिधित्व गर्दछन्। समाजमा व्याप्त कुसंस्कार र विचलनको गहिरो अबलोकन गरेर लेख्ने सामाजिक यथार्थवादी कथाकार गीता केशरीका कथाहरू सारमूलक छन्। एउटा न एउटा सन्देश कथाभित्र निहित भएको पाइन्छ। जीवनप्रति प्रगाढ विश्वास देखाउने उनका कथाहरूले अपाङगले पनि ऑटेर सपाझले भे जीवनलाई कर्ममय र सार्थक बनाउन सक्दछन् भन्ने सन्देश (सहारा) दिन्छन्। रुढ रहेका अन्धविश्वास र अन्धपरस्पराप्रति नयाँ पुस्ताले गरेको भरपर्दों विद्रोह अभिव्यक्त गर्ने उनका कथा (लक्ष्य)मा आशावदी उज्याला किरण देखापर्दछन्।