Перейти к содержимому

नेता मालामाल, योद्धा कंगाल ! आखिर किन ?| The Thousand Thoughts EP-5 | Jeevan Sharma | Sangeet |

Global Radar

0:00 / 0:00

नेता मालामाल, योद्धा कंगाल ! आखिर किन ?| The Thousand Thoughts EP-5 | Jeevan Sharma | Sangeet |

7 340 просмотров · 3 месяца назад
Global Radar
85,8 тыс. подписчиков
7 340 просмотров · 3 месяца назад
जीवन शर्मा नेपालका प्रसिद्ध जनगायक हुन्। उनले नेपालको श्रमजीवी वर्ग, नेपाली राष्ट्रियता र सर्वहारावर्गको मुक्ति आन्दोलनका पक्षमा गीत गाउन थालेको ५० वर्ष पूरा भएको छ। शर्माले झण्डै २ हजार गीत गाइसकेका छन्। “सिमली छायाँमा बसी”, “झरनाको चिसो पानी”, “रातो लालटिन”, “चाहिँदैन मलाई सिसाको महल”, “म हिँडेको गाउँको बाटो”, “आधी रातमा हुरी चल्दा”, “म निर्धाको गाथा लेखेर” जस्ता दर्जनौं गीतहरु लोकप्रिय छन्। २०३२ सालमा “मानवको रगत पिएर” बोलको पहिलो गीत लेखेर शर्माको साङ्गीतिक करिअर सुरु भएको थियो। पञ्चायती व्यवस्थाकै बेला शर्मा “वेदना सांस्कृतिक परिवार”मा आबद्ध भएर साङ्गठानिक अभियानमा सामेल भए। २०४२ सालमा स्थापित रक्तिम सांस्कृतिक परिवारका उनी संस्थापक अध्यक्ष हुन्। २०५० को दशकमा सुरु भएको माओवादी जनयुद्धमा सबैभन्दा बढी सुनिने गीतहरु जीवन शर्माकै थिए। “त्यो बेलामा शाही सेनाले रक्तिम परिवारका गीतहरुलाई आतङ्ककारी दस्तावेजका रुपमा प्रचार गथ्र्यो,” शर्मा भन्छन्। माओवादी युद्धमा रक्तिमका गीतहरु नै सबैभन्दा बढी लोकप्रिय भएको राजनीतिक नेताहरुले पनि स्वीकारेका छन्। “The Thousand Thoughts” पडकास्टको यस शृङ्खलामा शर्र्माले आफ्नो सङ्घर्षशील साङ्गीतिक यात्रा, जीवनका विभिन्न घुम्ती, रोचक र दुःखद् प्रसङ्गहरुको स्मरण गरेका छन्। चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति उत्कर्षमा पुगेका बेला जनसङ्गीतको बाटो समातेका शर्माको आधा शतक लामो गायनयात्रा अझै जारी छ। उनी गीत–सङ्गीतकै अभियानका क्रममा देशका ७ सयभन्दा बढी गाउँ तथा नगरमा पुगेका छन्, संसारका ३५ देशमा भएका सांस्कृतिक कार्यक्रम तथा कन्सर्टमा सहभागी भएका छन्। त्यहाँ पुग्दाका रोचक घटनाहरु पनि उनले साझा गरेका छन्। #JeevanSharma #sangeet #TheThousandThoughts #EP-5 #nepalipolitics #PeoplesCulture #PeoplesWar #nepalimusic #nepalisongs #podcastinterview #nepal #historypodcast #leftpolitics #raktim #SimaliChhaya #50years #fyp Host: Sangeet Guest: Jeevan Sharma Producer: Surendra Chalise Visual Editor: Prabin Bayalkoti We explore the evolving world of Military Geopolitics and Future Warfare Analysis — decoding global power shifts, advanced defense technologies, intelligence operations, strategic rivalries, and the future of modern conflict. We also produce podcast episodes . Like | Comment | Subscribe    / @globalradar100