Перейти к содержимому

दसैं आशिक रिमिक्स 🪁 Dashain Aashik Remix (Nepali Version) | Dashain Song 2083 | Madal Machine

Madal Machine

0:00 / 0:00

दसैं आशिक रिमिक्स 🪁 Dashain Aashik Remix (Nepali Version) | Dashain Song 2083 | Madal Machine

211 просмотров · 5 дней назад
Madal Machine
7 подписчиков
211 просмотров · 5 дней назад
"दुबो झैं मौलाउनु, बयर झैं फैलाउनु, जुग जुग जिउनु!" 🪁 हजुरबा हजुरआमाको आशिक, टीका, जमरा, दक्षिणा अनि "बिहे कहिले?" भन्ने फुपू: दसैंको रमाइलो रिमिक्स, अब नेपाली उच्चारणमा। 🎵 Stream on Spotify, Apple Music and more: ⏱️ Chapters 0:00 आऊ आऊ, टीका लगाऊ 0:10 शंखनाद 0:42 आयुर्द्रोणसुते (आशिक मन्त्र) 1:13 दसैं आयो! 1:28 दुबो झैं मौलाउनु 1:46 पढेर ठूलो मान्छे बनेस् 2:02 बालेन जस्तो बनेस् 2:31 बिहे कहिले? सालरी कति? 2:46 पिङ, चङ्गा, भिसा 3:01 के बन्छस्? हत्तेरी! 3:10 Final chorus 3:37 विजया दशमीको हार्दिक शुभकामना 📝 गीतका शब्दहरू (Lyrics) आऊ आऊ, टीका लगाऊ… निधार त सिधा गर! आयुर्द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे दसैं आयो! टीका, जमरा, मासु, पिङ! हजुरबा, आशिक दिनुस्… लेट्स गो! दुबो झैं मौलाउनु, बयर झैं फैलाउनु जुग जुग जिउनु, ठूलो मान्छे बन्नु टीका रातो, जमरा पहेँलो दक्षिणा ठूलो, आशिक रमाइलो पढेर ठूलो मान्छे बनेस्, डाक्टर इन्जिनियर बनेस् तर एक्जामको रातमा टिकटक हेर्दै नबसेस् वाइफाइ जस्तै सबैले खोजून् तिमीलाई पासवर्ड जस्तै कसैले नबिर्सून् तिमीलाई बालेन जस्तो बनेस्, कालो चस्मा लगाएर कुरा कम, काम धेरै, र्‍यापमा लाइन मिलाएर हर्के जस्तो नबनेस्, कुरा कुरामा रिसाएर तर हर्के जस्तो मेहनती बनेस्, कोदालो उठाएर दुबो झैं मौलाउनु, बयर झैं फैलाउनु जुग जुग जिउनु, ठूलो मान्छे बन्नु टीका रातो, जमरा पहेँलो दक्षिणा ठूलो, आशिक रमाइलो "बिहे कहिले?" भनेर कसैले नसोधून् "सालरी कति?" भनेर फुपूले नसोधून् तासमा जित्नु, तर बाउको पैसा नहार्नु खसीको मासु खानु, तर पेट नफुटाउनु पिङमा मच्चिनु, तर खुट्टा नभाँच्चिनु चङ्गा उडाउनु, अर्काको काट्नु, आफ्नो नकाटियोस् भिसा लागोस् जापान, अस्ट्रेलिया, क्यानडा तर दसैंमा घर आउनु, नबिर्सनु नेपालको डाँडा के बन्छस्? — ठूलो मान्छे! के चाहियो? — दक्षिणा! कति चाहियो? — हजार माथि! हत्तेरी! दुबो झैं मौलाउनु, बयर झैं फैलाउनु जुग जुग जिउनु, ठूलो मान्छे बन्नु टीका रातो, जमरा पहेँलो दक्षिणा ठूलो, आशिक रमाइलो विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे विजया दशमीको हार्दिक शुभकामना! 🎤 Madal Machine | हाम्रो कथा, हाम्रो धुन Music and visuals created with AI tools. Concept, lyrics and direction: Madal Machine. Dashain Aashik Remix · Dashain remix song · Dashain song 2083 · Dashain ko geet · tika jamara song · Nepali remix #दसैंआशिकरिमिक्स #DashainRemix #Dashain #Dashain2083 #VijayaDashami #NepaliSong #MadalMachine