अभ्यास भुक्ने गर/Hira Bhatta/Laxmi Prashad Ghimire/ShardoolbikreeDit Chhanda poem
हिरा भट्ट 'बदमास नम्बर दुई' Hira Bhatta
0:00 / 0:00
अभ्यास भुक्ने गर/Hira Bhatta/Laxmi Prashad Ghimire/ShardoolbikreeDit Chhanda poem
581 просмотр · 2 мес. назад
हिरा भट्ट 'बदमास नम्बर दुई' Hira Bhatta
3,5 тыс. подписчиков
581 просмотр · 2 мес. назад
अभ्यास भुक्ने गर
------------------😁
औँसीमा मुख हेर्नु छैन जसले आमाबुबा छाड्दछौ
बेबीसावरको प्रदर्शन गरी भैंसे भुँडी चाट्दछौ
अङ्ग्रेजी पनि बोल्दछौ फिलिलिली साँच्चै ठुला हौ तर
खम्बा खोज पिसाब फेर्न नजिकै अभ्यास भुक्ने गर
|१|
ॐ ॐ ॐ कतिपल्ट दैनिक गर्यौ शास्त्रीय उच्चारण
गायत्री सुन मन्त्रको कति गर्यौ गम्भीरता धारण
आम्दानी पनि गर्दछौ डलरमा साँच्चै ठुला हौ तर
खम्बा खोज पिसाब फेर्न नजिकै अभ्यास भुक्ने गर
|२|
जान्दैनौ गुरुपूर्णिमा कुन चरो के फूल कृष्णाष्टमी
मान्दैनौ हरिबोधिनी र शयनी श्री वा बिहापञ्चमी
चढ्छौ कार करोडको सहरमा साँच्चै ठुला हौ तर
खम्बा खोज पिसाब फेर्न नजिकै अभ्यास भुक्ने गर
|३|
मेरा बुल्बुल बागभित्र असिना आँधी तुसारो पर्यो
भाषा संस्कृति सभ्यता मुलुकको तल्लो तलामा झर्यो
उड्छौ उच्च विमानमा गगनमा साँच्चै ठुला हौ तर
खम्बा खोज पिसाब फेर्न नजिकै अभ्यास भुक्ने गर
|४|
तेरा अक्षरको प्रयोग म गरूँ खोल् शारदा सन्दुक
गोली अक्षरको समाहित गरी जा शब्दका बन्दुक
तारेहोटल चाख्दछौ दिनदिनै साँच्चै ठुला हौ तर
खम्बा खोज पिसाब फेर्न नजिकै अभ्यास भुक्ने गर
|५|
रचनाकार: हिरा भट्ट 'बदमास नम्बर दुई'
जन्मस्थल:पञ्चेश्वर-६,बैतडी