के लेखौं र खबर आमा | कार्गील | Heart Touching Song | Narayan Rayamajhi - Kamala Pokharel -राजेश बंसल
Narayan Rayamajhi
0:00 / 0:00
के लेखौं र खबर आमा | कार्गील | Heart Touching Song | Narayan Rayamajhi - Kamala Pokharel -राजेश बंसल
870 484 просмотра · 6 лет назад
Narayan Rayamajhi
909 тыс. подписчиков
870 484 просмотра · 6 лет назад
#Kargil #Narayan_Rayamajhi #Kamala_Pokharel
के लेखौं र खबर आमा | कार्गील | Heart Touching Song | Narayan Rayamajhi - Kamala Pokharel
गीत
के लेखौं र खबर आमा.. ( कार्गील )
रचना
लक्ष्मण रायमाझी
संगीत / स्वर
नारायण रायमाझी
गायिका
कमला पोखरेल
एरेन्ज/मिक्सिङ्ग
श्याम श्वेत रसाईली
रेकर्डिङ्ग
तेजेन्द्र गुरुंड
सारंगी
धर्म गन्धर्व
हेमन्त कान्छा रसाईली
गितार
संजिव बराईली
मेकप
विर्मा खड्का
कलाकारहरु
रमा थपलिया
ऋषिराम खड्का
रोशनी कार्की
बाल कलाकार
प्रिन्शा खड्का
छायांकन/सम्पादन/कलर
मिराज अर्याल
निर्देशक
नारायण रायमाझी
सह निर्देशक
बिन्दु खड्का
विशेष आभार तथा धन्यवाद
राजेश बंसल
धन्यवाद
उदिराम खड्का
बिवेक खड्का
शान्ति भट्ट (अर्याल)
कृष्ण रानाभाट
सन्देश रायमाझी
घरको सन्ताप बोकेर मनैमा,
बाँचेको छु कारगिलको बनैमा ।
के लेखौं र खबर आमा लेखि साध्य छैन,
दशैं तिहार मान्न पनि पाउने होकि हैन,
संगका साथी अघिपछि पुकु पुकु ढल्ने,
आमा भन्दै छट्पटींदा सारै मन पोल्ने,
मलाई सम्झी नरोउ है आमा,
बाँचे घर आउनेछु दशैंमा ।
उधारैमा भएपनी पेट नमारे है,
आमा तिम्ले दमको दबाई खान नछोडे है,
बाबाले नि बाथको दबाई नभुलेर खानु
कसो भयो होला बरै उजेलीको गानु
धनको फिक्री नलिनु होला,
लाको रिन आएर तिरुँला ।
कम्पनीमा बेचिएको लाहुरेको आत्मा,
सारा सुत्ने रातमा मेरो मशिन गन छ हातमा,
अर्कैलाई मार्ने अनि बाँचेसम्म लड्ने
बाँचे फर्की घर जाने मरे यतै सड्ने,
सम्झी ल्याउँदा कस्सिन्छ मुठी,
लाग्छ मनमा घुट्घुटी छट्पटी ।
जब ढल्छ पाकिस्तानी भिरपाखा माथी,
किन किन आमा मेरो चस्स दुख्छ छाती,
उस्को पनि मेरै जस्तो होलान् नानी साना,
उसै गरि रोलान बाबा मुर्छा पर्लिन आमा ।
कुन दिनमा भैएछ भर्ती,
घरका जहान रुवाउन धरधर्ति ।
कारगिलको कपुरथल हिउँको पहालमा,
हाम्रो पल्टन सरेको छ बटाल साइडमा,
हिजो पनि दुश्मनको बन्करमा छिर्यौं,
नौ जनाको डफ्फा रैछ सबै स्वाहा पार्यौं ।
अझैसम्म ज्यानलाई क्यै भाछैन,
आज होकि भोलि हो थाछैन ।
टहटह जुनको आकाश बारुतले ढाक्यो,
लौन आमा आइतरामलाई पनि गोलि लाग्यो,
धरति नै रङ्गाउँदै ढल्यो प्यारो जोडी,
मरें आमा भन्दै भुइँमा खेल्यो लडिबुडी ।
माली गाई दाम्लैको शरण,
पैरो गयो गौखुरे गाई चरण ।
दुई घुट्का टुम्लेटबाट पानी खुवाइदिएँ
हातको बन्दुक भुइँमा राखी उसलाई काखमा लिएँ,
छातिबाट बगेको छ रगतको धारो,
पानी निल्न पनि उस्लाई साह्रै भयो गाह्रो
सासैसासले बोल्दैछ जोडि,
ट्वाल्ल पर्दै आँसु छ गहभरी ।
घरमा छिन् आमा मेरो काँस झै फुलेकी
टुकु टुकु हिन्ने छोरी जुन झैँ खुलेकी,
प्यारी मेरो उजेली ती बत्ती झैँ बलेकी,
बिछोडको जलनले मैन झैँ जलेकी,
मलाई सम्झी नरोउ है काली,
बस प्यारी छोरीलाई समाली ।
यो दशैंमा राता टीका नमुछे है आमा,
मझेरीमा जमरा नी नछरे है आमा,
पिँढिबाट सधैं मेरो बाटो हेर्दै होउलि,
मेरो खबर पाएपछि छाती पिटी रोउलि,
हे आमा दुधको भारा,
तिर्न पनि पाइन नी दश धारा ।
मखमली गुर्धौली गोठमुनी फुल्दा,
धुरु धुरु रोउली बैनी मार्सी धान झुल्दा,
कोटघरको कालरात्री सोरठीको मादल,
खुर्पि जस्तो जुन छेक्ने पापी काली बादल,
दिउँसै कालो अँधेरो भयो,
मनको धोको हुरीले उडायो ।
नजाउ भन्थ्यौ आउने बेला बाटो छेकी छेकी,
नफर्किनु रैछ प्यारी आए लुकी लुकी,
सम्झिएर तिम्रो वचन भुक्क हुन्छ छाती,
कोपिला मैं झर्ने फुल नफुलेकै जाति,
हातका चुरा झर्याम्मै हुँदा,
नरोउ कल्ले भन्छर उ रुँदा ।
गाउँका साथी संगतीले मेरो हाल पाउन्,
कम्पनीमा रगत साट्न कोइ पनि नआउन्,
खोले फाँडो भए पनि उतै गरि खाउन्,
लुगा फाटे टालो माथी टालै थपी लाउन्,
ल्यायो मलाई त्यै पापि धनले,
हानिस् दैब निष्ठुरी घनले ।
चारदिनको पापी चोला ढुंगाको सिरानी,
आखिरीमा हुने रैछ एकमुठी खरानी,
बादलपारी रमाइलोमा मलाई भेट्न आए,
भन्दै अईते जिउ तानी सधैंलाई निदाए,
बिरानीमा त्यो कालो राती,
बुकि फुल्यो फुलेन लालुपाते ।
युद्ध लड्ने हिन्दुस्तानी अनि पाकिस्तानी,
गोलि खाने सोझा सिधा गोर्खाली हामी,
युद्ध चल्छ कारगीलमा हुन्छ गाउँ घाइते,
बम खस्छ आकाशबाट मर्छौं रामे आइते
माथी माथी हेर्दैछ साथी,
लाग्यो मनमा असाध्यै नजाती ।
बसें औंला भाँची भाँची मनमा रहर साँची,
मझधारमै डुङ्गा छोडी किन डुब्यौ माझी,
मेरो राजा आउला भन्दा अस्तु कलश आउने,
भरोसा नै छिने पछि को भनेर जिउने,
शितको थोपा मिलिगो पानीमा,
छिर्को पर्यो आँखाको नानीमा ।
लछारेको बुटो जस्तो रुखबाट डाली,
उखेलेको ठुटो जस्तै भैयो यसैपाली,
रगतको आँसु झारी कसो गरि जिउने,
धुजिएको कलेजोलाई कसो गरि सिउने,
शिरको सिन्दुर पुछिंदा पनि,
मन बुझाएँ यहि छोरो छ भनी ।
दैब तैंले के गरिस् तनि,
मेरो आशा पारेर खरानी ।
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।