Перейти к содержимому

Mc Flo - I am sailing ( Ma Tairi Rahechhu ) with Nepali lyrics

rAmes

0:00 / 0:00

Mc Flo - I am sailing ( Ma Tairi Rahechhu ) with Nepali lyrics

1 652 005 просмотров · 14 лет назад
rAmes
5,12 тыс. подписчиков
1 652 005 просмотров · 14 лет назад
#mcflo #iamsailing Originals: Official video    • Mc Flo - Ma Tairi Rahechu (2011) with lyrics   Officail Mc Flo Website https://flodai.com Official Youtube    / its008   Mc Flo I am sailing ( Ma Tairi Rahechhu ) HOOK: I am sailing I am sailing Home again 'Cross the sea I am sailing Stormy waters To be near you To be free [Verse 1] म तैरिरहेछु, पानी माथि काठको टुक्रा जस्तो अर्थहिन जिन्दगी छ काठको मुडा जस्तो निस्तेज छु म गर्मी मासको हावा झै संसार नै खल्लो चिनी नभएको चिया झै जिट्ने सोच कत्ति थियो, तर के मा हारिन र ? सानो उमेर देखी नै, के गल्ती गरिन र ? म त खराब मान्छे, पुरिएको अपराधमा तर भगवान बस्नुहुन्छ मेरो अन्तर आत्मामा थाहा छ हरेक कालो रात पछि बिहानी आउनेछ अबोध बाल्यकाल हटाउन हरियाली जवानी आउनेछ जवानीमा जे गरे पनि पछि बुडो हुने हो मैले गरेको सबै कर्म मसँग रहने हो जानेछु म कुनै दिन आँशुको प्याला पिउदै गर्न सकिन केही राम्रो जब थिएँ म जिउदै जब मेरा हात चल्थे, जब शरीर बलियो थियो तब माग्नेछु छ्यमा हे भगवान गल्ती भयो म जब खुशी थिएँ, तब हजुरको याद आएन हाम्रो पुर्खाले दिएको आमुल्य सँस्कार मानिन बाहुनको छोरो जनै लगाएर पनि जाँड खान्थें गुरुको अनादर गर्दै उल्टो मुख छाड्थें दु:खमा हुँदा, शरणमा आउथेँ हजुर का' लुसुक्क परेर सबै ठिक पारिदिनु हुन्थ्यो हजुरले मुसुक्क हाँसेर बैगुनी म, त्यसपछि फेरी हजुरको कृपा बिर्सिन्थेँ अनि आर्को दिन उठेर पाप गर्न निस्किन्थें म आफुलाई राम्रो थान्छु तर म भन्दा ठुलो पापी छैन मैले गरेको पापहरुको शायद कुनै माफी छैन हे भगवान समय बित्यो, अहिले म साह्रै लज्जित छु पस्चातापको आगोले म निकै ग्रसित् छु हे भगवान म मृत्‍यु देखी डराउछु मर्न चाहदिन मरे पनि स्वर्ग खोज्छु, नर्गमा जान चाहदिन हजुर त दयावान कृपालु भगवान मलाई बचाउनुस् पस्चातापलाई प्रयास्चित् मान्नुस् मलाई अंगाल्नुस् HOOK: I am sailing I am sailing Home again 'Cross the sea I am sailing Stormy waters To be near you To be free [Verse 2] जिन्दगी के हो र भुइचालोसँग जुझी रहेको घर कुन बेला भत्किन्छ के छ र यसको भर अहिले म हाँसिरहेको छु, कुनै पिडा छैन अर्को छिन् छत्पतिदै कुनै निन्द्रा छैन भोली के के गर्नु छ, तर अहिले हारिसकें यो स्वार्थी संसारमा कोही बुझ्ने मान्छे छैन कति पिडा छ मनमा तर सुन्ने मान्छे छैन नराम्रो बाटो लाग्दा नलाग् है भन्ने मान्छे छैन को छ र साचो यो झुठो संसारमा सबै आफ्नो मात्र सोच्ने यो दुखी संसारमा तर सत्यको मुर्ती हजुर कहिले साथ नछोड्ने सबैलाई माया दिएर सधैं आफ्नो साथमा राख्ने निरासाको जिन्दगीमा पनि हाँस्न सिकाइदिने कहिले कहिले त आँखाबाट पनि आँशु बगाइदिने जस्तो मान्छेलाई पनि निरन्तर माया दिने सबै कुरा दिएको बदलामा केही पनि नलिने हे भगवान हिजो म अज्ञानी थिएँ, थुप्प्रै गल्ती गरें कसैलाई गन्दिनथें अहिले सबैको सुन्ने भएँ के हो र यो संसार छ्यणिकको नाटक मात्र शरीर कुहिन्छ अस्पतालमा आत्माले छोडेर जान्छ हे भगवान मै ठुलो हुँं भन्नु बेकार रैछ सब भन्दा ठुलो सत्रु आफ्नो अहंकार रैछ आज जे छ मेरो भोली अर्कैको हुने हो जस्ले यो कुरा बुझ्दैन त्यो आजीवन रुने भो जस्ले सबै कुरा छोड्न सक्छ त्यही ठुलो हुदो रैछ जो लाग्छ भक्तिमा त्यसैले मुक्ति पाउदो रैछ नत्र घुमेको घुमै संसारमा चक्रबिउ जस्तो खदा गरेको सिसाको महल पग्लिन्छ हिउ जस्तो मौरी जसरी बाच्यो तर मह अरुले खाइदिन्छ बाउले कमायो छोराले सबै उदाइदिन्छ बरु अरुलाई जति मद्दत गर्‍यो त्यती फल पाइने आत्मसंतुष्टिका साथ परम धाम जन पाइने HOOK: I am sailing I am sailing Home again 'Cross the sea I am sailing Stormy waters To be near you To be free I DO NOT OWN THIS SONG OR ITS LYRICS, ALL COPYRIGHTS GO TO THE RIGHTFUL OWNER/OWNERS. Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use. No copyright infringement intended.