नारायणी पुलमा अड्किएको ६८ टनको ‘राइनो क्रुज’ निकालिँदै | क्रेनले तान्ने क्रममा लठ्ठा चुँडियो
AP News Service
0:00 / 0:00
नारायणी पुलमा अड्किएको ६८ टनको ‘राइनो क्रुज’ निकालिँदै | क्रेनले तान्ने क्रममा लठ्ठा चुँडियो
3 063 просмотра · 1 мес. назад
AP News Service
13,1 тыс. подписчиков
3 063 просмотра · 1 мес. назад
बाढीले बगाएर ल्याएको ‘राइनो क्रुज’ गैँडाकोट–२ स्थित नारायणी नदीको पुलको पिल्लरमा अड्किएपछि निकाल्ने प्रयास भइरहेको छ।
पुलको पिल्लरमा अड्किएको क्रुजले पुलको संरचनामा असर पार्न सक्ने भएपछि आइतबार रातिदेखि नै क्रुज निकाल्ने प्रयास गरिएको हो। क्रुज निकाल्न सडक आयोजनाका दुई वटा र चितवनमा निर्माणाधीन बुढीगण्डकी हाइड्रोको एउटा गरी तीन वटा क्रेन परिचालन गरिएको छ।
८० टन क्षमताको हाइड्रोको क्रेन तथा ३५ टन क्षमताका सडक आयोजनाका क्रेन प्रयोग गरेर क्रुज तान्ने क्रममा लठ्ठा चुँडिएपछि क्रुज निकाल्ने विषयमा थप छलफल गरिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभएको छ।
क्रुज निकाल्न नवलपुर र चितवनबाट नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।
क्रुज सञ्चालक संस्थाका अनुसार ‘राइनो क्रुज’ करिब १०० फिट लामो, २५ फिट चौडा र ६८ टनभन्दा बढी तौलको छ। गत वर्षदेखि गैँडाकोटस्थित नारायणी नदीमा सञ्चालनमा आएको यो क्रुज नेपालकै पहिलो र एक मात्र क्रुजका रूपमा सञ्चालन हुँदै आएको थियो।
घटनास्थलको अवस्था र क्रुज निकाल्ने प्रयासको भिडियो हेर्नुहोस्।
#RhinoCruise #NarayaniRiver #Gaidakot #NarayaniBridge #Nawalpur #Flood #CruiseRescue #LokSuchana
Don't forget to like, share & subscribe AP News Service official videos.
♪Mixing/Mastering:- Aananda Pokharel
♪ Recording Studio:- AP News Service
♪ Recordist:- Aananda Pokharel
♪ Audio/Video:- Aananda Pokharel
------------------------------------------
🎬️ Video Credits:- Aananda Pokharel
🎬️ Edit/Color:- Aananda Pokharel
🎬️ Production Designee:- Arati Neupane
🎬️ Post Production:- AP News Service
© AP News Service 2023
--------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#APNewsService #Aananda_Pokharel