Parbatikunda Janaipurne Mela -2077/Gatlang/Rasuwa/Tamang Culture पार्वतीकुण्डको जनैपुर्णे मेला २०७७
Happy Sikles
0:00 / 0:00
Parbatikunda Janaipurne Mela -2077/Gatlang/Rasuwa/Tamang Culture पार्वतीकुण्डको जनैपुर्णे मेला २०७७
39 894 просмотра · 5 лет назад
Happy Sikles
4,88 тыс. подписчиков
39 894 просмотра · 5 лет назад
Parbatikunda Janaipurne Mela -2077/Gatlang/Rasuwa/ Tamang Culture गत्लाङ्ग पार्वतीकुण्डको जनैपुर्णे मेला २०७७
हिन्दु धर्मको शास्त्र अनुसार समुन्द्र मन्थन गर्दा निस्केको बिषले सारा विश्वनै नास हुने अवस्था आउदा भगवान शिवले त्यो विषलाई पिएर सारा जगत बचाउन खोज्दा, सो विषले भगवान शिवको भित्रै देखि जलन हुन थालेकोले सो जलनलाई कम गराउन हिमालय क्षेत्र उक्लिने क्रममा पार्वती हिड्न नसके पछि पार्वतीलाई हालको पार्वती कुण्डमै छाडेर शिव भगवान मात्र गएको, र शिवले पार्वतीलाई छाडेर टाढा जान नसकि गोसाईकुण्ड पुगे पछि आफ्नै हातको त्रिशुलले पहाडमा प्रहार गरि पानी निकाली सो पानी पिई आफु त्यही बसेको किवदन्ति रहेको छ । सो लोक श्रुतीको कारण बर्षनी हजारौ भक्तजनहरु जनै पूर्णेमा गोसाईकुण्ड जाने गर्छन् भने माता पार्वती यस पार्वतीकुण्डमा रहनु भएको विश्वाशले जनैपूर्णेमा यत्रो कोरोनाका प्रकोपका बीच यस सालको जनैपूर्णेमेला आएका विशाल जनसमूहको उपस्थिति र उनीहरुका आफ्ना परम्परागतरुपमा गाउनेमा र स्याब्रुनाच्ने जमातले प्रष्ट पारको छ । हिन्दु र बौद्धू दुबै धर्मावलम्बिहरुको श्रद्धाले ओत प्रोत भएको पार्वतीकुुण्ड रसुवाको गत्लाङ्गमा पर्दछ । गत्लाङ्ग आफैमा पनि तामाङ्ग जातीको ऐतिहासिक र पुरात्वातिक गाउँ कालो गाउँले परिचित छ । सोही पार्वतीकुण्डमेला भर्न आउनु भएको श्रद्धालु संस्कृती प्रेमीहरुको प्रस्तुतीलाई मित्रहरु पेम्बा लामा, गत्लाङ्ग, फुर्बु सिङ्गी, गत्लाङ्ग र धनबहादुर लोपेन गोल्जुङ्ग(स्याब्रु) का मित्रहरुले उपलब्ध गराईदिनु भएको भिडियोहरुलाई जोडेर यो तामाङ्गजातीको संस्कृतीलाई प्रस्तुत गरको छु ।