प्रधान सेनापतिज्यूको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव सम्पन्न | SAMP Annual Day 2080
SAMV Pokhara
0:00 / 0:00
प्रधान सेनापतिज्यूको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव सम्पन्न | SAMP Annual Day 2080
4 043 просмотра · 2 года назад
SAMV Pokhara
4,49 тыс. подписчиков
4 043 просмотра · 2 года назад
सैनिक आवासीय महाविद्यालय , पोखराको उन्नाइसौँ वार्षिकोत्सव सम्पन्न भएको छ । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा श्रीमान प्रधान सेनापतिज्यूको बाहुलीबाट महाविद्यालयको पूर्वतर्फ बि.बि.ए. भवनको शिलान्यास सम्पन्न भयो । उक्त भवनको शिलान्यास पश्चात् प्रधान सेनापतिज्यूलाई बि.बि.ए. कक्षाका संयोजक पि.जि.टि. डोलराज श्रेष्ठले ब्रिफिङ गर्नु भयो । सोही क्रममा त्रि.वि.का डिन प्रा.डा डिल्लीराज शर्माले विद्यार्थीलाई कार्यक्रमको बारेमा जानकारी दिनु भयो ।
त्यसपछि प्रमुख अतिथिज्यू महाविद्यालयको उन्नाइसौँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँको उपस्थितिमा महाविद्यालयका विद्यार्थी भाइबहिनीहरुले मार्चपास खेलेर स्वागत गरेका थिए । मार्चपास सकिएपछि झाँकी, समूह गायन, लोक नृत्य, कराँते, तेक्वान्दो र राष्ट्रिय सेवादलको खुकुरी ड्रिल प्रदर्शन गरिएको थियो । त्यस लगत्तै फूलबारी वार्षिक मुखपत्रको विमोचन पछि महाविद्यालयमा कार्यरत उत्कृष्ट शिक्षक, विद्यार्थी तथा कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । अन्त्यमा श्रीमान प्रधान सेनापतिज्यूले उपस्थित विद्यार्थी अभिभावकहरु तथा विशिष्ट पाहुनाहरुलाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाले शिक्षाक्षेत्रमा योगदान दिने हेतुले कल्याणकारी योजनाका माध्यमबाट देशका विभिन्न ठाउँमा महाविद्यालयको स्थापना गरेको बताउनु भयो । उहाँले पोखरासँगको साइनो पुरानो रहेको हुनाले यहाँ आउन पाउँदा आफूलाई खुसी लागेको पनि बताउनु भयो ।
महाविद्यालयका प्रिन्सिपल राजेन्द्र कुमार लाखे तथा प्रमुख व्यवस्थापकीय अधिकृत प्रमुख सेनानी किसोर अधिकारीले पुष्पगुच्छा अर्पण गरेर प्रमुख अतिथिज्यूको स्वागत गरिएको कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यज्यूलाई प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभन गरिएको थियो ।