Перейти к содержимому

इतिहासकै विनाशकारी बाढी, रसुवामा सडक, पुल र जलविद्युत् आयोजना ध्वस्त

Purbadhar Paribesh

0:00 / 0:00

इतिहासकै विनाशकारी बाढी, रसुवामा सडक, पुल र जलविद्युत् आयोजना ध्वस्त

2 379 просмотров · 2 дня назад
Purbadhar Paribesh
8,85 тыс. подписчиков
2 379 просмотров · 2 дня назад
रसुवामा आएको विनाशकारी बाढीले अहिलेसम्मकै ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी किनारका बस्तीहरूमा ठूलो क्षति पुगेको छ भने सयौँ नागरिक बेपत्ता भएका छन्। बाढीमा फसेकाहरूको उद्धार तथा बेपत्ताको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र स्थानीयवासी निरन्तर खटिरहेका छन्। बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। सडक विभागका अनुसार रसुवादेखि धादिङसम्म ३० भन्दा बढी पुल बाढीले बगाएको छ भने रसुवा नाकादेखि स्याफ्रुबेसीसम्मको करिब ५० किलोमिटर सडकमा ठूलो क्षति पुगेको छ। सडक सुचारु गराउन आवश्यक स्रोतसाधन परिचालन गरी काम अघि बढाइएको छ। यस विनाशकारी बाढीको वास्तविक अवस्था, भएको क्षति, उद्धार प्रयास र सडक तथा पुल पुनः सञ्चालनका लागि भइरहेको कामबारे यो भिडियोमा विस्तृत जानकारी प्रस्तुत गरिएको छ। #रसुवाबाढी #RasuwaFlood #NepalFlood #बाढीपहिरो #रसुवा #नेपाल #FloodInNepal #RescueOperation #NepalArmy #APF #NepalPolice#रसुवाबाढी #रसुवा #बाढी #नेपालबाढी #RasuwaFlood #NepalFlood #FloodInNepal #Rasuwa #बाढीपहिरो #प्राकृतिकविपत्ति #नेपाल #उद्धार #RescueOperation #NepalArmy #APF #NepalPolice #जलविद्युत #सडकविभाग #रसुवानाका #स्याफ्रुबेसी #नुवाकोट #धादिङ