Перейти к содержимому

तिम्रो लोग्ने र म | निरुपा प्रसूनको उल्लेखनीय कृति| श्रुतिसम्वेग | shruti sambeg | Beautiful Mind

Beautiful Mind

0:00 / 0:00

तिम्रो लोग्ने र म | निरुपा प्रसूनको उल्लेखनीय कृति| श्रुतिसम्वेग | shruti sambeg | Beautiful Mind

1 788 просмотров · 6 л. назад
Beautiful Mind
2,76 тыс. подписчиков
1 788 просмотров · 6 л. назад
#Beautiful_Mind सब्स्क्राईब गर्नुहोस 👇👇👇subscribe our channel    / @beautifulmind75   ‘तिम्रो लोग्ने र म’ कथासङ्ग्रह कथाकार निरुपा प्रसूनको उल्लेखनीय कृति हो । कथा पारखीहरुका लागि नयाँ स्वादका लाग्ने यी कथाहरु वर्तमानमा उपन्यासको बाढीले कसैलाई दिक्क बनाइरहेको भए हाजमोला बन्ने छन् । नवीन विषयवस्तु, नवीन शैली, नवीन शिल्प, सशक्त प्रस्तुति, मौलिक दृष्टिकोण आदिका कारण सङ्ग्रह सङ्ग्रहणीय छ । अन्त्यमा, आगामी दिन कथाकार प्रसूनको नेपाली आख्यानमा भएको यो लगानी अझ बढ्दै जाओस् । आख्यानप्रेमीहरुले प्रसूनबाट अझ उत्कृष्ट सिर्जनाहरु पाइरहून् भन्ने साहित्यिक उन्नयनको कामना ! कथासङ्ग्रहमा चौधवटा कथा समावेश भएकोमा अधिकांश प्रेम विषयमा केन्द्रित छ । प्रेमका विविध रुपलाई कथाकारले कथाहरुमा पस्केकी छन् । कथाकार मनु ब्राजाकीको ‘तिम्री स्वास्नी र म’ कथासङ्ग्रहको जवाफजस्तो लाग्ने यो सङ्ग्रहमा त्यस्तो कुनै सङ्केत पाइँदैन । समाज र मनोविज्ञानबीचको सम्बन्ध सुन्दर ढङ्गबाट केलाइएको यो सङ्ग्रहमा खासगरी नारी मनोविज्ञानको अन्तरकुन्तर छिचोल्ने प्रयास भएको छ । त्यसै गरेर पुरूष मनोविज्ञानलाई पनि केलाउने प्रयास भएको छ । सहरी वातावरण, त्यसले युवापुस्तामा पारेको प्रभाव, बाँच्नका लागि गर्नुपर्ने सङ्घर्ष, युवतीहरुको मनको विश्लेषण, नयाँ पुस्तामा रहेको यौनप्रतिको दृष्टिकोणजस्ता कुरालाई कथाले मिहिन ढङ्गबाट प्रस्तुत गरेको छ । कथाको भाषा प्रयोगमा विशेष ध्यान पु¥याएको देखिन्छ, तथापि कतैकतै राखिएको संवाद नभएको भए हुन्थ्यो कि भन्ने लाग्छ । कथाको विषयमा नवीनता छ, तर अधिकांश कथा प्रेमकै वरिवरि घुमेका छन् । जे होस्, यौनका विषयलाई खुल्लमखुल्ला प्रस्तुत गर्न सक्नु कथाकारको साहस हो, प्राप्ति हो । Tags: #तिम्रो_लोग्ने_र_म #Shruti_Sambegश्रुतिसम्वेग #Nepali_Upanyaas #Achyut_Ghimire #On_trending #एक_हरफ_जिन्दगी तिम्रो लोग्ने र म, निरुपा प्रसूनको उल्लेखनीय कृति, श्रुतिसम्वेग, shruti sambeg, Beautiful Mind, nepali upanyaas, nepali katha, nepali sahitya, तिम्रो लोग्ने र म, निरुपा प्रसूनको उल्लेखनीय कृति, श्रुतिसम्वेग, shruti sambeg, Beautiful Mind, nepali upanyaas, nepali katha, nepali sahitya,