Перейти к содержимому

नेपालकै सुन्दर झरना फुङफुङ्गे झरना ताप्लेजुङ phungaphung falls taplejung

TN vlog

0:00 / 0:00

नेपालकै सुन्दर झरना फुङफुङ्गे झरना ताप्लेजुङ phungaphung falls taplejung

49 просмотров · 1 г. назад
TN vlog
1,4 тыс. подписчиков
49 просмотров · 1 г. назад
फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल। यहाँको वातावरणले मनै लोभ्याउँछ। पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना। तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामकरण फुङफुङ्गे भएको बताइन्छ। ताप्लेजुङ सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङ्गे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो। यो सुन्दर झरनामा झरेको पानी मेवा खोलामा मिसिन्छ। नेपाल सरकारले पर्यटकीय प्रवल सम्भावना भएका सय स्थानको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ। यसअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सय पर्यटकीय गन्तव्यमा फुङफुङ्गे झरनालाई पनि एक हो। झरनाको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको स्थानीयवासी बताउँछन्। अहिले झरनासम्म सडक पुगेकाले पनि अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको हो। पर्यटकको चहलपहल हुन थालेसँगै झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा आउन थालेका छन्। सडक पुगेकाले झरना नजिकै तेम्बा क्षेत्रमा बजार नै विस्तार हुँदै गएको छ।