पुस्तक किन्ने भरिया कसरी बने कम्युनिष्ट नेता ? बम बोकेर बस चढेको त्यो दिन ! गोपाल किरातीको कथा
Global Radar
0:00 / 0:00
पुस्तक किन्ने भरिया कसरी बने कम्युनिष्ट नेता ? बम बोकेर बस चढेको त्यो दिन ! गोपाल किरातीको कथा
2 002 просмотра · 1 дн. назад
Global Radar
85,9 тыс. подписчиков
2 002 просмотра · 1 дн. назад
जातीय मुक्तिदेखि जनयुद्धसम्म : किरातीको संघर्षपूर्ण यात्रा
सोलुखुम्बुबाट काठमाडौं झरेका गोपाल किरातीको राजनीतिक यात्रा संघर्ष, विचार र परिवर्तनका अनेक मोडले भरिएको छ। कहिले भरियाका रूपमा काठ बोके, कहिले सुकुम्बासी बस्तीमा बसे र त्यही संघर्षका बीच पुस्तक पढ्दै कम्युनिष्ट विचारतर्फ आकर्षित भए।
जातीय मुक्ति र पहिचानको आन्दोलनबाट अघि बढेको उनको राजनीतिक यात्रा पछि भूमिगत राजनीतिसम्म पुग्यो। किरात राष्ट्रिय मोर्चा निर्माणदेखि माओवादी जनयुद्धमा सहभागिता, भूमिगत जीवनदेखि संविधानसभा र मन्त्रीको जिम्मेवारीसम्म पुग्दा उनले विभिन्न राजनीतिक उतारचढावको सामना गरे।
भूमिगत राजनीतिका क्रममा बम बोकेर सामान्य यात्रुजस्तै बसमा यात्रा गरेको जोखिमपूर्ण प्रसंगदेखि सत्ता र राजनीतिका महत्वपूर्ण जिम्मेवारीसम्म गोपाल किरातीको जीवनमा थुप्रै रोचक र कम चर्चामा आएका घटनाहरू जोडिएका छन्।
किरात राष्ट्रिय मोर्चा निर्माणको पृष्ठभूमि के थियो ? उनी कसरी भूमिगत राजनीतिमा प्रवेश गरे ? माओवादी जनयुद्धसँग उनको सम्बन्ध कसरी स्थापित भयो ? संघर्षका ती दिनहरूमा उनले कस्ता अनुभव भोगे ? संविधानसभा र मन्त्रीको जिम्मेवारीसम्म पुग्दा उनको राजनीतिक दृष्टिकोणमा कस्ता परिवर्तन आए ?
भरियादेखि भूमिगत नेता, जनयुद्धदेखि संविधानसभा र मन्त्रीसम्म :गोपाल किरातीको जीवन र राजनीतिक यात्राका नखुलेका अनेक पाटाहरू।
हेर्नुहोस् ‘समयसाक्षी’ मा गोपाल किरातीसँगको विशेष कुराकानी।
#GopalKiranti #Samaysakshi #NepalPolitics #NepalCommunist #MaoistMovement #NepalHistory #PoliticalHistory #KirantPolitics #NepalMaoist #ConstitutionAssembly #NepalNews #PoliticalJourney #CommunistMovement #PeopleWar #NepaliPolitics