Перейти к содержимому

दावा के शेर्पा र पल्मु शेर्पा स्वरमा रहेको नयाँ गीत ‘लोसार मेला’को म्यूजिक भिडियो सार्वजनिक

Tashi Television

0:00 / 0:00

दावा के शेर्पा र पल्मु शेर्पा स्वरमा रहेको नयाँ गीत ‘लोसार मेला’को म्यूजिक भिडियो सार्वजनिक

1 092 просмотра · 3 г. назад
Tashi Television
31,5 тыс. подписчиков
1 092 просмотра · 3 г. назад
दावा के शेर्पा र पल्मु शेर्पा स्वरमा रहेको नयाँ गीत ‘लोसार मेला’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको सिमलटारमा एक कार्यक्रमको आयोजना गरी शेर्पा फिल्मस् प्रा.लि.ले उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गायक दावा के शेर्पाको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोमा अर्पन थिङ तामाङको एरेन्ज र युद्ध लामाको कोरियोग्राफी रहेको छ । ‘Sherpa Films’को युट्युव च्यालन मार्फत सार्वजनिक यस म्यूजिक भिडियोको निर्देशन सांगे शेर्पाले गरेका हुन् । म्यूजिक भिडियोमा कर्मा शेर्पा, कुंगा शेर्पा, मिङमा डोमा शेर्पा, आङ फुली शेर्पा, मिङमा सोनाम शेर्पा, ङिमा गेलु शेर्पा, डीजे सोनाम शेर्पा र पर्वतारोही लाक्पा शेर्पाको अभिनय रहेको छ । त्यस्तै मेकअप आर्टिस्टको भूमिका फुर्वा लमु शेर्पाले निर्वाह गरेकी छन् । म्‍यूजिक भिडयो काठमाण्डौको नयाँपाटीमा छायाँकन गरिएको हो । म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा मिस मंगोल नेपाल पासाङ डोल्मा शेर्पालाई शेर्पा फिल्म्स प्रा.लि.ले सम्मान गरेको छ । पुस ९ गते काठमाण्डौमा आयोजना भएको प्रतियोगितामा मिस मंगोल नेपाल-२०२२को उपाधी सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पाले जितेकी थिइन् । त्यस्तै मिस मंगोल नेपाल २०२२की सेकण्ड रनरअप डोल्मा छिरिङ शेर्पालाई पनि शेर्पा फिल्म्स प्रा.लि.ले सम्मान गरेको छ । लोसार मेलाको परियोजनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न कलाकारहरु शेर्पा फिल्मस् प्रा.लि. द्धारा सम्मानित भएका छन् । कार्यक्रममा नुमुज व्युटी एण्ड स्किन केयरले आफ्ना ४० जना विद्यार्थीहरुलाई तालिम लिएको प्रमाणपत्र प्रदान गरेको छ । नुमुज कफी बारिस्टा ट्रेनिङ सेन्टरका १५ जना विद्यार्थीहरुलाई पनि नुमुजले बारिस्टाको प्रमाण पत्र प्रदान गरेको छ । म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा संविधान सभा सदस्य आङ दावा शेर्पा, नुमुज व्युटी एण्ड स्किन केयरकी सञ्चालिका फुर्वा लमु शेर्पा, गायक दावा के शेर्पा र म्यूजिक भिडियोका निर्देशक सांगे शेर्पाले मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य आङ दावा शेर्पाले म्यूजिक भिडियोमा सबै लोसार मनाउने समुदायको प्रतिनिधिमूलक प्रस्तुतीले लोसारको महत्वलाई उजागर गरेको बताइन् । गायक, गीतकार तथा संगीतकार दावा के शेर्पा नेपाल शेर्पा संघका केन्द्रीय सदस्य तथा शेर्पा कलाकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष हुन् । गायक दावा के शेर्पाले हाल सम्म ८ वटा म्यूजिक भिडियो र २० वटा अडियो गीतमा स्वर दिएका छन् । गायिका पल्मु शेर्पा सौन्दर्य कला व्यवसायी हुन् । नुमुज व्युटी एण्ड स्किन केयरकी सञ्चालिका समेत रहेकी गायिका पल्मु शेर्पा समाजसेवी र व्यूटीसियनको रुपमा परिचित छिन् । गायिका शेर्पा शेर्पा कलाकार संघ नेपालकी कोषाध्यक्ष हुन् । ©Tashi Broadcasting Service Pvt.Ltd. Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. Follow us on Facebook :-   / tashi.television   #LosarMela #TashiTelevision #PalmuSherpa