Перейти к содержимому

युहन्ना ५:१६-२९ || परमेश्वरका पुत्रद्वारा जीवन र न्यायको अधिकार || 8 August 2026 ||

Nuneaton Nepali Fellowship

0:00 / 0:00

युहन्ना ५:१६-२९ || परमेश्वरका पुत्रद्वारा जीवन र न्यायको अधिकार || 8 August 2026 ||

83 просмотра · 1 месяц назад
Nuneaton Nepali Fellowship
41 подписчик
83 просмотра · 1 месяц назад
प्रचारक देवेन्द्र डङ्गोल बचनको मुख्य खण्ड: युहन्ना ५:१६–२९ (परमेश्वरका पुत्रद्वारा जीवन) नियमभन्दा माथि येशूको अनुग्रह: बेथेस्दाको जलकुण्डमा ३८ वर्षदेखि बिरामी परेका व्यक्तिलाई येशू प्रभुले साब्बथ दिनमा निको पार्नुभएको प्रसङ्ग र त्यसमा यहूदीहरूले गरेको विरोध। पिता र पुत्रको एकता: पिता परमेश्वर र येशू क्रिस्टको एउटै उद्देश्य र कार्य—सबै मानिसको मुक्ति र पाप क्षमा। जीवन र न्यायको अधिकार: पिताले मृतकहरूलाई जीवन दिएझैँ पुत्र येशूलाई पनि जीवन दिने र न्याय गर्ने पूर्ण अधिकार दिइएको छ। अनन्त जीवनको प्रतिज्ञा: जसले येशूको बचन सुन्छ र विश्वास गर्छ, उसले दण्ड पाउँदैन तर मृत्युबाट अनन्त जीवनमा प्रवेश गर्छ। भविष्यको पुनरुत्थान: सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानका लागि र कुकर्म गर्नेहरू दण्डको पुनरुत्थानका लागि जीवित हुनेछन् ।