झेपी जिरोदेखि राई गाउँ–भुजेलगाउँसम्मको सडक मर्मत सुरु,
Bijanbari Pratidin बिजनबारी प्रतिदिन
0:00 / 0:00
झेपी जिरोदेखि राई गाउँ–भुजेलगाउँसम्मको सडक मर्मत सुरु,
189 просмотров · 2 нед. назад
Bijanbari Pratidin बिजनबारी प्रतिदिन
866 подписчиков
189 просмотров · 2 нед. назад
झेपी जिरोदेखि राई गाउँ–भुजेलगाउँसम्मको सडक मर्मत सुरु, २०० भन्दा अधिक परिवार लाभान्वित हुने
बिजनबारी: सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै यातायात आवागमनलाई सहज बनाउने उद्देश्यका साथ बिजनबारी–लोधोमा सडकअन्तर्गत झेपी जिरोदेखि रमितेको राई गाउँ तथा भुजेलगाउँसम्म जाने सडकको मर्मत कार्य सुरु गरिएको छ। दार्जिलिङ पुलबजार खण्डअन्तर्गत झेपी ग्राम पञ्चायत क्षेत्रको यस सडक मर्मतबाट २०० भन्दा अधिक परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। यसैक्रममा आइतबार वैदिक विधिअनुसार पूजा–अर्चना गरी सडक मर्मत कार्यको औपचारिक सुरुवात गरियो।भाजपा रेलिङ–कैजले मण्डलका अध्यक्ष सुभन लिम्बुको विशेष उपस्थितिमा सुरु गरिएको उक्त मर्मत कार्यअन्तर्गत करिब चार किलोमिटर सडकको मर्मत गरिने बताइएको छ। सडक मर्मत सम्पन्न भएपछि स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक कामकाजमा सहजता हुने अपेक्षा गरिएको छ।
यसैबीच, स्थानीयवासीले सडक मर्मतको सुरुवातलाई सकारात्मक रूपमा लिँदै काम गुणस्तरीय हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले सडक मर्मतको नाममा केवल औपचारिकता पूरा गर्ने काम मात्र नभई निर्धारित मापदण्डअनुसार दिगो र गुणस्तरीय निर्माण हुनुपर्ने बताएका छन्।