Перейти к содержимому

Shailung Festival 2083🇳🇵 | 🥰झाँक्री नाच, ढ्याङ्ग्रोको ताल र शैलुङको रमाइलो |भदौरे पूर्णिमा जात्रा 😍

SJY VLOG

0:00 / 0:00

Shailung Festival 2083🇳🇵 | 🥰झाँक्री नाच, ढ्याङ्ग्रोको ताल र शैलुङको रमाइलो |भदौरे पूर्णिमा जात्रा 😍

470 просмотров · 10 дн. назад
SJY VLOG
403 подписчика
470 просмотров · 10 дн. назад
Explore Nepal with Me! 🇳🇵✨ नमस्कार, स्वागत छ आजको नयाँ भिडियोमा। 🙏❤️ आज हामी पुगेका छौँ रामेछाप र दोलखा जिल्लाको सीमाक्षेत्रमा पर्ने सुन्दर तथा धार्मिक महत्व बोकेको शैलुङमा, जहाँ यस वर्ष भदौ १० गते विशेष झाँक्री जात्रा लागेको थियो। हरेक वर्ष भदौरे पूर्णिमाको अवसरमा शैलुङमा मेला तथा जात्रा लाग्ने गर्दछ। यस वर्ष भने भदौरे पूर्णिमाको दुई दिनअघि नै जात्रा आयोजना गरिएको थियो। यही विशेष अवसरमा हामी पनि शैलुङ पुगेका थियौँ। यस भिडियोमा तपाईंहरूले शैलुङको झाँक्री नाच, ढ्याङ्ग्रोको ताल, तामाङ संस्कृति र जात्राको रमाइलो वातावरण नजिकबाट देख्न सक्नुहुनेछ। त्यससँगै शैलुङमा रहेका महादेव गुफा, भीमसेनको तरवार लगायतका धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थानहरू पनि भिडियोमा समेटिएका छन्। स्थानीय मान्यताअनुसार शैलुङलाई “पृथ्वीको नाभी” भनेर समेत चिनिन्छ। मौसम सफा भएको समयमा यहाँबाट सुन्दर हिमाली दृश्यहरू समेत अवलोकन गर्न सकिन्छ। यो भिडियोमार्फत तपाईंहरूलाई शैलुङको जात्रा, संस्कृति, धार्मिक आस्था र प्राकृतिक सुन्दरताको एउटा सानो अनुभव गराउने प्रयास गरेका छौँ। ❤️🏔️ भिडियो मन परेमा Like, Comment, Share गर्नुहोस् र यस्तै नयाँ–नयाँ यात्रा तथा स्थानीय संस्कृति समेटिएका भिडियोका लागि Channel Subscribe गर्न नभुल्नुहोला। धन्यवाद। 🙏❤️ जय शैलुङ! 🏔️🙏 #Shailung #ShailungJatra #ShailungJatra2026 #JhakriNach #TamangCulture #TamangJatra #ShailungMela #Ramechhap #Dolakha #NepalTravel #NepalVlog #TravelVlog #NepaliVlog #VisitNepal #ExploreNepal #NepalTourism #MahadevGufa #BhimsenKoTarwar