कान्ति राजमार्गमा सवारीको ताँती, बन्यो ‘सारथी’ !, Long queues of vehicles on Kanti Highway
Purbadhar Paribesh
0:00 / 0:00
कान्ति राजमार्गमा सवारीको ताँती, बन्यो ‘सारथी’ !, Long queues of vehicles on Kanti Highway
6 577 просмотров · 9 часов назад
Purbadhar Paribesh
8,95 тыс. подписчиков
6 577 просмотров · 9 часов назад
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि अहिले काठमाडौं–हेटौँडा आवतजावतका लागि कान्ति राजमार्ग महत्वपूर्ण वैकल्पिक मार्ग बनेको छ। केही समयअघिसम्म प्रायः सुनसान देखिने कान्ति राजमार्गमा अहिले दैनिक १ हजार ५०० सम्म मालवाहक ट्रक, कन्टेनर तथा ठूला यात्रुवाहक बस गुड्न थालेका छन्।
ललितपुरको टीकाभैरवदेखि मकवानपुरको भीमफेदी हुँदै हेटौँडासम्म जोडिने कान्ति राजमार्गमा अहिले विभिन्न स्थानमा सडक स्तरोन्नति, पहिरो नियन्त्रण तथा सडक चौडा बनाउने काम भइरहेको छ। कार्कीबास, काल्चे, भन्सेखोला, टाकुर्से र पाङ्दुरलगायतका स्थानमा सडक निर्माण तथा पहिरो नियन्त्रणको काम अघि बढिरहेको छ।
पृथ्वी राजमार्ग र बीपी राजमार्गमा समस्या आउँदा काठमाडौं–हेटौँडा आवतजावतको वैकल्पिक मार्गका रूपमा कान्ति राजमार्गको महत्व अझ बढेको छ। करिब तीन अर्ब रुपैयाँ लगानीमा सडकलाई दुई लेनमा स्तरोन्नति गर्ने काम भइरहेको छ भने आयोजनाको भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको छ।
यो भिडियोमा कान्ति राजमार्गको पछिल्लो अवस्था, बढेको सवारी चाप, सडक स्तरोन्नतिको काम र पहिरो नियन्त्रणको प्रगतिबारे स्थलगत रिपोर्ट प्रस्तुत गरिएको छ।
#कान्तिराजमार्ग #KantiRajmarg #KantiHighway #कृष्णभीर #पृथ्वीराजमार्ग #काठमाडौं #हेटौँडा #सडकनिर्माण #सडकस्तरोन्नति #InfrastructureNepal #NepalRoad