बाढी | घरबारविहीन र आफन्त गुमाएकाहरूको सम्झनामा समर्पित मार्मिक गीत | सुनिल कुमार कोइराला
sunil koirala
0:00 / 0:00
बाढी | घरबारविहीन र आफन्त गुमाएकाहरूको सम्झनामा समर्पित मार्मिक गीत | सुनिल कुमार कोइराला
344 просмотра · 1 мес. назад
sunil koirala
227 подписчиков
344 просмотра · 1 мес. назад
बाढी — एउटा मार्मिक सम्झना 🕯️
नेपालमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको पीडालाई सम्झँदै यो गीत घरबारविहीन भएका परिवारहरू, आफ्ना प्रियजन गुमाएका दुःखी मनहरू तथा यस विपत्तिबाट प्रभावित सम्पूर्ण नेपाली जनजनको सम्झनामा समर्पित गरिएको छ।
बाढीले घर मात्र बगाएन, कसैको सपना बगायो, कसैको हाँसो खोस्यो, कसैलाई आफ्नै आफन्तबाट सदाका लागि टाढा बनायो।
“दुई दिनको जीवन, सपनासरी आयो, कहर बाढी बनेर, जीवन नै उजाडियो...”
यी शब्दहरू केवल गीत होइनन्—विपत्तिमा पीडा भोगेका हरेक नेपालीको मनको आवाज हुन्।
🕯️ बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाउने सम्पूर्ण आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🙏 घरबारविहीन तथा प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो समवेदना।
🎵 गीत: बाढी
✍️ गीत लेखक: सुनिल कुमार कोइराला
गीत मन छोयो भने Like, Share र Subscribe गर्न नभुल्नुहोला। तपाईंलाई यो गीत कस्तो लाग्यो? Comment मा आफ्नो भावना अवश्य लेख्नुहोस्। 🙏
#बाढी #NepalFlood #नेपालीगीत #मार्मिकगीत #सुनिलकुमारकोइराला #NaturalDisaster #NepaliSong #श्रद्धाञ्जली #नेपाल
हम्म... हम्म...
जिन्दगी... जिन्दगी...
समयको हातले कोरी
बिती जान्छ यसरी...
समयको चाल यो, अनौठो क्षणैमा
अन्ध्यारो छायो, आज यो मनैमा
हराउँदै गएँ म, जीवन बिलाउँदा
आफ्नै नाम अनि, निशानै हराउँदा...
आउने समय जिउने कसरी होला?
भोलिको बिहानीले के रूप देखाउला?
हो... हो... हो...
दुई दिनको जीवन, सपनासरी आयो
कहर बाढी बनेर, जीवन नै उजाडियो...
आँखा रोयो, मन मेरो आँसुमा डुब्यो
सुख हरायो, दुःखले अँगाल्यो
जिन्दगीको मोडमा, एक्लो बनायो
प्रकृतिको वितण्डाले, परिवार छुटायो
कठिन छ जुरुक्क, उठेर उभिन
गाह्रो छ दुःखमा, सम्हालिन...
समय बग्छ, छायाँजस्तै साथैमा
सम्झनाको याद बोकी, रित्तो यो हातैमा
हिजोको त्यो हाँसो, भोलि सम्झँदै
जीवन रहेछ छोटो, बग्यो पानीसँगै...
आजै सबै सकियो, आशै सबै मरिगो
जान्यो कसले यो खेला, यात्रा यहीँ टुङ्गियो
हो... हो... हो...
दुई दिनको जीवन, सपनासरी आयो
कहर बाढी बनेर, जीवन नै उजाडियो...
हम्म... हम्म...
जिन्दगी... जिन्दगी...
आज छौँ, भोलि के होला...
कसले जान्यो... कसले जान्यो...