Перейти к содержимому

भानुजयन्ती विशेष कविता//तिमीलाई कस्ताे लाग्छ भानु ?// अम्बिका अर्याल- Bhanu Jayanti Special Poem

Ambika Aryal

0:00 / 0:00

भानुजयन्ती विशेष कविता//तिमीलाई कस्ताे लाग्छ भानु ?// अम्बिका अर्याल- Bhanu Jayanti Special Poem

331 просмотр · 3 мес. назад
Ambika Aryal
736 подписчиков
331 просмотр · 3 мес. назад
On the occasion of Bhanu Jayanti, poet Ambika Aryal presents an original poem, "तिमीलाई कस्तो लाग्छ भानुभक्त?"—a reflective and thought-provoking dialogue with Adikavi Bhanubhakta Acharya. The poem raises questions about the present condition of the Nepali language, literature, culture, identity, hypocrisy, commercialization, and the changing values of society. Rather than merely celebrating Bhanubhakta, it asks what he might feel if he witnessed today's Nepal. This poetry recital is a tribute to Bhanubhakta's enduring legacy and an invitation to reflect on our responsibility toward Nepali language, literature, and national consciousness. Poet & Recitation: Ambika Aryal भानुजयन्तीका अवसरमा आज मैले रचना गरी वाचन गरेकाे कविता तिमीलाई कस्ताे लाग्छ भानुभक्त ? ==================== अम्बिका अर्याल तिमीले लगाउने बिर्खे टाेपी र दाैरा सुरूवाल आज पहिचान खाेजेर सडकमा कुर्लँदै गर्दा तिमीलाई कस्ताे लाग्छ ? जनजिब्राेमा तिमीले झुण्ड्याएकाे नेपाली भाषा बटारेर जिब्राेकाे सकल भाग अङ्ग्रेजीको चास्नीमा चाेपिँदा तिमीलाई कस्ताे लाग्छ ? तिम्रै नाममा छुट्टयाइएका सरकारी र गैरसरकारी (आँखाका छाराे हाल्ने) बजेटमा मुख मिठ्याउँदै, काैडाे दाउ लगाउँदै थर मिलेकै भरमा तिम्रै वंशजकाे नक्कली परिचयपत्र बाेकेर नक्कली सन्तानले गरेकाे दाैडधुप देख्दा तिमीलाई कस्ताे लाग्छ ? अझ तिम्रा पहिरनमा सजिने नक्कली कवि तिम्रा एक दुई लय र शब्द चाेरेर भक्त मात्रै कहाँ हाे र आफूलाई तिम्रै अवतार घाेषित गर्ने फाेस्रा, पाखण्डीलाई देख्दा तिमीलाई कस्ताे लाग्छ ? विश्वभर मनाइने भानुजयन्ती विश्वव्यापी भाषासाहित्य दिवस 'हाम्रो भाषा हाम्राे भेष'मा कुर्लिएका नाराहरू तिम्रै नाममा सडकमा आयाेजित जुकाका दाैड प्रतियोगिता तिम्रै रामायणलाई सगरमाथा टेकाउने फट्याङ्ग्राका हात्तीदाँते प्रवृत्ति देख्दा तिमीलाई कस्ताे लाग्छ? तिम्रै गाउँमा आयाेजित अनेक साहित्य सम्मेलन दान, मान, शान तमाम तीन सयभन्दा बढी तिम्रा शालिक अनेक स्वार्थका घुम्टाेभित्र सजिँदा बर्सेनि तिमीलाई कस्ताे लाग्छ? तिमी युवा छँदा भीमसेन थापाले गरेकाे आत्महत्याले आज खाेल फेरेर घरैपिच्छे सेरिँदा, काेत पर्व, भण्डारखाल पर्व र अलाै पर्वझैँ अनेक पर्व चलेपछि तिम्राे देशमा जन्मेकाे गणतन्त्रले राजाका नाम निशाना मेटाई उचनीचका नाकेडाँडी ताछेर उत्सव मनाएकै आलाे खुसीमा उनैका घरका लाेग्नेस्वास्नी र प्रेमीप्रेमिकामा राजारानीका सम्बाेधन प्रिय बनेर रातारात फस्टाउँदा तिमीलाई कस्ताे लाग्छ? तिमीले भनेकाे "भाेलि भाेलि हुँदैमा सब घर बितिगाे बक्सियाेस् आज झाेली" हरेक कार्यस्थलमा 'सरकारी काम कहिले जाला घाम' जस्तै केवल अपुराे आग्रह बनिदिँदा तिमीलाई कस्ताे लाग्छ? कसैले आदिकविकाे पगरी गुथाउँदा तिमीलाई कसैले यही उपाधि नङ्ग्याउँदा कसैले भाषाले नेपालकाे एकीकरण गर्ने पृथ्वीनारायण शाह नै मान्दा कसैले 'हास्न्या नारी वेश्या' भनी बधुशिक्षा लेख्ने पातकी भन्दा कसैले रामभक्ति धाराका आध्यात्मिक चेतका श्रेष्ठ कवि ठान्दा कसैले घाँसीकाे झुठो तथ्य दिने ढँटुवा अनि पठुवा मान्दा तिमीलाई कस्ताे लाग्छ? साँच्चै अनेक प्रश्नाेत्तरले सबैकाे दिल जित्ने कविलाई फेरि साेध्न मन छ याे कविताले उठाएकाे प्रश्नमा नढाँटी भन त भानु तिमीलाई कस्ताे लाग्छ? #BhanuJayanti #BhanubhaktaAcharya #AmbikaAryal #NepaliPoetry #PoetryRecital #NepaliLiterature #OriginalPoem #NepaliLanguage #BhanuJayanti2083 #Sahitya