Перейти к содержимому

जालिम धाम | JALIM DHAM | DEUSA SOLUKHUMBU | 2133M

Yatrika Paila

0:00 / 0:00

जालिम धाम | JALIM DHAM | DEUSA SOLUKHUMBU | 2133M

840 просмотров · 9 дн. назад
Yatrika Paila
435 подписчиков
840 просмотров · 9 дн. назад
जालिम धाम | JALIM DHAM | DEUSA SOLUKHUMBU | 2133M सम्पूर्णमा यत्रिका पैला टिमको तर्फबाट नमस्कार! 🙏 हामीले सोलुखुम्बु जिल्लाअन्तर्गत थुलुङ दूधकोशी गाउँपालिकामा अवस्थित पवित्र जालिम धाम को ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय जनजीवनसँग जोडिएका विविध पक्षहरूलाई समेटेर एउटा वृत्तचित्रात्मक भिडियो तयार पारेका छौँ। यस भिडियोका लागि जालिम धामसँग सम्बन्धित किंवदन्ती, जनविश्वास र स्थानीय जानकारीहरू सङ्कलन गर्न सहयोग गर्नुहुने सम्पूर्ण अग्रज, स्थानीयवासी तथा सहयोगी महानुभावहरूप्रति यत्रिका पैला टिम हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ। हामीले सक्दो प्रयास गर्दागर्दै पनि यस भिडियोमा केही जानकारी छुटेका हुन सक्छन् वा कुनै विषयमा कमी–कमजोरी रहन गएको हुन सक्छ। त्यसका लागि यत्रिका पैला टिम क्षमाप्रार्थी छ। यहाँहरूको अमूल्य सुझाव, प्रतिक्रिया र जानकारीले आगामी यात्रालाई अझ प्रभावकारी र तथ्यपरक बनाउन ठूलो सहयोग पुग्नेछ। नेपालका मौलिक संस्कृति, परम्परा, इतिहास, जनजीवन र प्राकृतिक सौन्दर्यलाई विश्वसामु चिनाउने हाम्रो यस यात्रामा यहाँहरूको साथ, सहयोग र माया सधैँ अपेक्षा गर्दछौँ। यस्तै गाउँबस्ती, लुकेका गन्तव्य र नेपाली मौलिक पहिचानसँग जोडिएका वृत्तचित्रात्मक भिडियोहरू हेर्न Yatrika Paila YouTube च्यानललाई Subscribe गर्न र हाम्रो यात्रामा जोडिन नबिर्सनुहोला। हिमाल, पहाड, तराई कोही छैन पराई! 🇳🇵 यहाँहरूको साथ, माया र प्रतिक्रियाका लागि हार्दिक धन्यवाद! 🙏 — Yatrika Paila Team