Перейти к содержимому

विपश्यना साधना अध्याय ८ : विपश्यनासँग जोडिएका सैद्धान्तिक ज्ञान | डा. मुरली अधिकारी Audiobook

गीता महामोक्ष साधना / Gita MahaMoksha Sadhana

0:00 / 0:00

विपश्यना साधना अध्याय ८ : विपश्यनासँग जोडिएका सैद्धान्तिक ज्ञान | डा. मुरली अधिकारी Audiobook

76 просмотров · 2 недели назад
गीता महामोक्ष साधना / Gita MahaMoksha Sadhana
205 подписчиков
76 просмотров · 2 недели назад
के तँपाई निर्वाण अभीलाषी साधक हुनुहुन्छ ? के तँपाई विपश्यना वा विपश्यी साधक हुनुुहुन्छ ? के तँपाई विपश्यना साधना गर्ने सोच गरिरहनु भएको छ ? यो संसारमा निर्वाण वा मोक्ष एक दूरुह प्राप्ती रहेको छ । यो संसारका प्रायशः सम्पूर्ण साधकहरु मात्र नभएर गूरुहरु पनि निर्वाण वा मोक्ष प्राप्त गर्न असमर्थ नै हुनुहुन्छ । यसको मूख्य कारण निर्वाण वा मोक्ष साधनालाई पूर्ण रुपमा बुझ्न असमर्थ रहनु नै रहेको छ । यो समस्या विपश्यना साधनामा पनि उपस्थित रहेको छ । यो संसारमा लाखौ निर्वाण अभीलाषी मानिसहरुले विपश्यना साधनालाई जिवनमा उतारिरहनु भएको छ । तर विपश्यना साधनामा साधनारत प्रायशः यी सम्पूर्ण साधक साधिकाहरुले विपश्यना साधना भनेको के हो ? विपश्यना साधनाको सैद्धान्तिक आधार के हो ? चार आर्य सत्य के हो ? आर्य अष्टाङ्ग मार्ग के हो ? विपश्यना साधनाद्धारा कसरी चार आर्य सत्य र आर्य अष्टाङ्ग मार्ग साधनालाई जिवनमा उतारिन्छ ? विपश्यना साधनामा अपनाउन पर्ने सावधानीहरु क्े के हुन् ? आदि जस्ता महत्वपूर्ण सैद्धान्तिक वा साधना प्रश्नहरु प्रति स्पष्ट नै नभइकन विपश्यना साधनालाई जिवनमा उतारिरहनु भएको छ, जसको कारण वहाँहरुले साधनामा आशातीत फल वा प्रगति प्राप्त गर्न सकिरहनु भएको छैन । विपश्यना साधनालाई स्पष्ट रुपमा बुझ्न नै असमर्थ भएको कारण कैयन साधक साधिकाहरु साधना संघर्ष, साधनामा विपरित परिणाम आदिहरु पनि प्राप्त गरिरहनु भएको छ । विपश्यना साधनालाई विधिपूर्वक जिवनमा उतारेर आशातीत फल प्राप्त गर्न नव वा वर्तमानमा साधनारत साधक साधिकाले विपश्यना साधना विधिको सैद्धान्तिक पक्षहरु, चरणबद्ध साधना विधिहरु, यो साधनासँग जोडीएका अनेकन् पक्षहरु वा प्रश्नहरु प्रति नै सर्वप्रथम स्पष्ट हुनुपर्दछ । भगवान् बुद्धका अनेकन् सुत्तहरुको अध्ययन पश्चात तयार पारिएको यो पुस्तकमा भगवान् बुद्धको विश्वप्रसिद्ध निर्वाण साधना विधि विपश्यना साधना विधिका सम्पूर्ण सैद्धान्तिक पक्षहरु, ति सैद्धान्तिक पक्षहरुलाई साधनामा उतार्ने साधना विधिहरु, विपश्यना साधनासँग जोडीएका महत्वपूर्ण प्रश्नहरुको उत्तरहित गहन व्याख्या गरिएको छ । साधक साधिकाहरुलाई विपश्यना साधना विधि स्पष्टसँग बुझ्न सहज होस् भन्ने हेतुले यो पुस्तकलाई १२ अध्यायमा विभाजन गरी, विपश्यना साधनाको सविस्तार चरणबद्ध व्याख्या गरिएको छ । विपश्यना साधना प्रति आर्कषीत निर्वाण अविलाशी सम्पूर्ण साधक साधिकाहरुको लागि यो पुस्तक अत्यन्त महत्वपूर्ण साधना ग्रन्थ रहेको छ । यो पुस्तकका १२ अध्यायहरुः अध्याय १ः विपश्यना ध्यान प्रवेश अध्याय २ः भगवान् बुद्धको निर्वाण साधना संघर्ष अध्याय ३ः विपश्यना वा सत्य निर्वाण साधनाविधिको जन्म अध्याय ४ः प्रतित्यसमुत्पादको शाश्वत नियम अध्याय ५ः धम्म वा प्रकृतिका छ शाश्वत नियमहरु अध्याय ६ः चार आर्य सत्य अध्याय ७ः आर्य अष्टाङ्ग मार्ग अध्याय ८ः विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान अध्याय ९ः विपश्यना साधनाको चरणबद्ध साधना विधि अध्याय १०ः विश्वप्रसिद्ध आध्यात्मिक महापुरुषले व्याख्या गर्नुभएको विपश्यना साधनाविधि अध्याय ११ः विपश्यना साधनासँग जोडिएका प्रश्न उत्तर अध्याय १२ः जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रशंसा गरे डा. मुरली अधिकारीद्वारा रचिर्त विपश्यना साधना’ पुस्तकको यो अडियो प्रस्तुतिले मोक्षअभीलाषी साधक साधिकाहरुलाई सत्य निर्वाण साधना विपश्यना साधनाको गहन सैद्धान्तिक ज्ञान, प्रयोगात्मक विधि, यो साधनासँग जोडीएका सम्पूर्ण पक्षहरु वा प्रश्नहरुसँग परिचय गराउछ । यो अडियो मन पर्‍यो भने च्यानल सब्स्क्राइब, लाइक र सेयर गरी सहयोग गरिदिनुहोला।