Перейти к содержимому

Welcome to Temal । Great buddhist masters trel । Beautiful Timal । Kavre Nepal .

Tourism Tv

0:00 / 0:00

Welcome to Temal । Great buddhist masters trel । Beautiful Timal । Kavre Nepal .

11 243 просмотра · 5 л. назад
Tourism Tv
24,1 тыс. подписчиков
11 243 просмотра · 5 л. назад
पर्यटकीय गाउँ तिमाल । दसैं नजिकिदै छ । घुम्ने योजना बनाउँदै हुनुहुन्छ । यसो हो भने राजधानीबाट नजिकैको पर्यटकीय गन्तव्य ‘तिमाल/तेमाल’ जाने तयारी गर्नुस् । ‘ग्रेट बुद्धिष्ट मास्टर्स ट्रेल’ पदयात्रामा पर्दछ यो ठाउँ र गाउँका सुन्दर दृश्य । यसबाट केही दिन भने पनि आफुलाई सहज र भिडभाडबाट टाढा राख्न सकिन्छ । अहिलेको मौसम खासगरी पदयात्राको लागि उपयुक्त नभएपनि छोटो र सजिलो पदमार्गहरुमा भने तेमाल क्षेत्रको पर्यटकीय यात्रा नै हो । काठमाडौबाट गाडीमा सहजै जान सकिने छ । यस्तै, पदयात्राका पारखीहरुका लागि झन प्रकृतिसंग रमाउने पहिलो रोजाईको गन्तव्य हो । कसरी जाने ? काठमाडौं–धुलिखेल–नमोबुद्ध हुँदै बिहान देखि सुरु हुन्छ । अनि पुग्छौं ‘कोट तिमाल’ । बाटोमा नेवार, तामाङ तथा ब्राहमणको संस्कृति झल्कने गाउँ बस्ती हेर्न पाइन्छ । दाप्चा, स्यामत्ती क्षेत्र हुदै गइन्छ बाटोमा सल्लाह, लप्सी गुराँसको सिजनमा गुराँस फुलेको दृष्य समेत देखिन्छ । ओरालो उकालो गर्दैै काभ्रेको भकुन्डेबेसी पुगेर केही बेर आराम गर्न सकिन्छ । विहानको खाना सोही स्थानमा खाएर अगाडी बढ्दा उपयुक्त हुन्छ । भकुन्डेबेसीबाट भने केही यात्रा उकालो चढ्नु पर्ने हुन्छ । झन्डै ३ घन्टाको पदयात्रा पछि भने यात्रा कोट तिमालमा पुग्ने छ । १ हजार ७ सय १४ मिटर उचाइमा रहेको कोट तिमालमा तामाङको मुख्य बसोबास रहेको छ । भने अन्य जातीहरुको पनि थोरै थोरै बसोबास रहेको छ । तिमाल दरबारको साथै कोशी र रोसी नदी देख्न पाइन्छ । जसले गर्दा मनमोहक बनाउँछ । तत्कालिन नेपालको एकिकरणको समयमा पृथ्वी नारायण शाहले कोट तिमालको नाम दिइएको किम्बदन्ती रहेको छ । तिमालबाट आधा दर्जन भन्दा बढी हिमालको दृष्य अवलोकन गर्न पाइन्छ । जहाँबाट गणेश हिमाल, लाङटाङ र गौरिशंकर हिमालको रेन्च हेर्न पाइन्छ । अत्यन्तै सुन्दर वातावरण भएकोले तिमाल अहिले चर्चित क्षेत्रको रुपमा विकास हुदै गएको छ । बौद्ध–स्वयम्भू र नमोबुद्ध तिमालको नारायणस्थानमा बौद्ध, स्वयम्भू र नमोबुद्ध एकै ठाउँमा भव्य रुपमा निर्माण गरिएको छ । बुद्धिष्टहरुका लागि मात्रै नभएर विश्वभरिका पर्यटकलाई आकर्षित हुने गरी विश्वसम्पदामा सुचिकृत तीन वटै सम्पदालाई एकै ठाउँमा निर्माण अटाएका छन् । यस्ले तिमाल क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यको गरिमालाई अझ बढाएको छ । जंगलको बीचमा निर्माण गरिएको दृश्यले धेरैको मन सजिलै जित्न सक्छ । यो दृश्य हेर्नका लागि पछिल्लो समय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । अनुसन्धानकर्ता लिलाबहादुर दोङको नेतृत्वमा सो सम्पदा निर्माण अभियान सुरु गरिएको थियो । © Copyright 2023 | by Tourism Tv. All Right Reserved. Tourism Tv YouTube Channel is authorized to upload this video. Uses of this video on other channels and social sites are strictly prohibited, if found proper action will be taken . (Embedding to the websites is allowed)