Перейти к содержимому

Nepathya Live in Concert South Korea 2026

ThapaKazi

0:00 / 0:00

Nepathya Live in Concert South Korea 2026

397 просмотров · 5 дн. назад
ThapaKazi
686 подписчиков
397 просмотров · 5 дн. назад
नेपथ्य (Nepathya) पोखराबाट सन् १९९० को दशकको सुरुवातमै स्थापित नेपालको एक अत्यन्त लोकप्रिय तथा प्रभावशाली लोक-रक (Folk-Rock) ब्याण्ड हो। नेपाली लोक गीतहरुलाई रक शैलीमा प्रस्तुत गर्न सक्नु यस ब्याण्डको प्रमुख विशेषता हो, जसकारण नेपालको हिमाल, पहाड तराई लगायत गाँउ देखि शहर सम्म, युवा देखि बुढापाका सम्मले यस ब्याण्डको संगित मन मराउने गर्छन् । नेपथ्य केवल संगीतमा मात्र सीमित नरही "सुन्दर शान्त नेपाल" र "शिक्षाको लागि शान्ति" जस्ता सामाजिक अभियानहरूमार्फत शान्ति, सामाजिक सद्भाव र मानवताको सन्देश बाँड्नका लागि पनि प्रख्यात छ। नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन र देश-विदेशका मञ्चहरूमा नेपाली पहिचान झल्काउन यो ब्याण्डको महत्त्वपूर्ण योगदान रहेको छ। नेपाल लगायत नेपालीहरु बसोवास गर्ने संसारको विभिन्न देशहरुमा नेपथ्यको कन्सर्ट हरुमा उल्लेख्य रुपमा नेपाली दर्शकहरु उपस्थिती रहने गर्छ । जस अन्तरगत २५ सेप्टेमबर २०२६ मा दक्षिण कोरियाको सउलमा कोरियनहरुको मुख्य पर्व छुसकको अवसरमा कन्सर्ट भव्य रुपमा सम्मन्न भएको थियो जहा करिब ११ हजार भन्दा बढी संख्यामा दर्शकहरुको उपस्थिती थियो । अत्यधिक भीडको बीचमा भिडियो खिच्नु निक्कै नै कठिन थियो, क्यामेराको सहि एङ्गल नपाउदा केहि पर बाट खिचेको हुदा भिडियोमा कमि कमजोरी होलान्, तय्सको लागि क्षमाप्रथी छु। आगामी दिनहरुमा सुघार गर्नेछु, जे जस्तो भए पनि शुरुको २/४ मिनेट भ्लग शैलीको छ आशा गरौ हजुरहरुले भिडियो मन परादिनु हुनेछ । भिडियो राम्रो लागेमा लाईक कमेन्ट संगै शेयर गरिदिनु होला साथै च्यानललाई सब्सक्राई पनि गरिदिनु होला ! धन्यवाद 🙏🙏 0:00 Short Vlog 2:36 Hall Environment : Warm Up 7:46 Actual Concert Starts 1:06: 18 Going back to Guys