त्रिपुरा सुन्दरी गाउँपालिका धादिङ्ग || Tripurasundari Rural Municipality || Salyantar ||
Street Nepal
0:00 / 0:00
त्रिपुरा सुन्दरी गाउँपालिका धादिङ्ग || Tripurasundari Rural Municipality || Salyantar ||
21 570 просмотров · 4 года назад
Street Nepal
73,3 тыс. подписчиков
21 570 просмотров · 4 года назад
यो हो त्रिपुरा सुन्दरी गाउँपालिका धादिङ्ग
परिचय
त्रिपुरासुन्दरी गाँउपालिका वाग्मती प्रदेश अन्तर्गत धादिङ्ग जिल्लामा पर्दछ। यस गाउँपालिका को नामाकरण साविकको सल्यानकोट गा.वि.स मा रहेको प्रसिद्ध मन्दिर त्रिपुरासुन्दरी माईको नामबाट नामाकरण गरिएको हो| त्रिपुरासुन्दरी गाँउपालिका मा जम्मा सात वटा वडाहरु रहेका छन्।जिल्ला सदरमुकाम धादिङ्गबेशि बाट ३० किलोमीटर उत्तरपश्चिम तर्फ अवस्थित यस गाउँपालिका, ८४.३६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । देश को पुनसंरचना संगै वि.स. २०७३ सालमा साबिकको जम्मा पांच ओटा गाविसहरु (सल्यानटार ,आगिन्चोक,मुलपानी ,सल्यानकोट ,र त्रिपुरेश्वर) समाबेश गरी नेपाल सरकारबाट त्रिपुरासुन्दरी गाउँपालिका को रुपमा स्थापना भएको हो, भने गाउँ कार्यपालिकाको कार्यालय साबिकको सल्यानटार गाबिस भवनमा रहेको छ। यस गाउँकार्यपालिकाको पूर्वमा नेत्रावती र गंगाजमुना गाउँपालिका, पश्चिममा गोर्खा जिल्ला उत्तर मा गंगाजमुना गाउँपालिका ,र दक्षिणमा ज्वालामुखी ,नेत्रावती गाउँपालिका तथा निलकण्ठ नगरपालिका पर्दछ । यस गाउँपालिकाको जम्मा जनसंख्या २२,९६० रहेको छ । यस गाउँपालिकाका वासिन्दाहरु विशेष गरि कृषि पेशामा निर्भर रहेका छन् भने केहि मात्रामा सरकारी सेवा, व्यपार व्यवसाय, वैदेशिक रोजगार ,सिकर्मी तथा डकर्मीमा निर्भर छन् ।
निर्देशन
देवराज आलेमगर
क्यामेरा/सम्पादन
नवीनबाबु गुरुङ
उत्पादन/व्यवस्थापन
स्ट्रिटनेपाल
बिशेष आभार
अध्यक्ष
सम्भु कुमार थापा
उपाध्यक्ष
देवी कुमारी वुर्लाकोटी
प्रवक्ता
कुश वहादुर सिटौला
नव निर्वाचित अध्यक्ष
राजु उप्रेती
नव निर्वाचित उपाध्यक्ष
देवराज धरेल
प्रमुख प्रशासकीय अधिकृत
इन्द्र बहादुर खतिवडा
सूचना अधिकारी
सुरेश रिजाल
एबं सम्पूर्ण त्रिपुरा सुन्दरी गाउँपालिका बासी