Nepali Cricket Song 2026 | करण परियार | अर्जुन पोखरेल | एम पौडेल | Official Audio
MPaudel
0:00 / 0:00
Nepali Cricket Song 2026 | करण परियार | अर्जुन पोखरेल | एम पौडेल | Official Audio
885 просмотров · 3 нед. назад
MPaudel
1,03 тыс. подписчиков
885 просмотров · 3 нед. назад
बेलायत यात्रा (सन् १८५०-५१) बाट फर्किएपछि राणा शासकहरूले Football, Cricket, Badminton, र Lawn Tennis जस्ता बेलायती खेलहरू नेपाल भित्र्याए। तथापि त्यस समयमा खेलकुद दरबार र सम्भ्रान्त वर्गमा मात्र सीमित थियो, सर्वसाधारणको पहुँच थिएन। आधुनिक नेपाल (राणा शासनको अन्त्य सन् १९५० पछि) मात्र नेपालमा खेलकुदमा सर्चसाधारणको पहुँच भएको एतिहासिक पृष्ठभूमिमा सन् १९५८ मा आएर खेलकुदको व्यवस्थित विकासका लागि राष्ट्रिय खेलकुद परिषद (National Sports Council - NSC) को स्थापना भएपछि मात्र यसले व्यवसायिक स्वरूप ग्रहण गरेको पाइछ । तेक्वन्दो, कराँते, बक्सिङ र फुटबल जस्ता खेलहरूबाट नेपालले अन्र्राष्ट्रिय पदक र प्रसस्ती प्राप्त गर्न सफल भएको छ। तथापि हालका बर्षहरूमा नेपाली क्रिकेटले विश्वको ध्यान आकर्षित गर्न सफल भएको अवस्थामा यो यात्रा केवल एक खेलको कथा मात्र नभई, अथक लगनशीलता, राष्ट्रिय एकता र अभूतपूर्व सपनाहरूको प्रेरणादायी दस्तावेज बन्न पुगेको छ।
दक्षिण एसियाली राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले विश्वमा दबदबा कायम गर्दा यस क्षेत्रको सम्भावना बोकेको सुन्दर मुलुक नेपाल भने निकै ढिलो गरी १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को सम्बद्ध सदस्य र १९९६ मा नै सहयोगी (Associate) सदस्यको रूपमा प्रवेश गरेको गर्यो। तर यस तीन दशकको छोटो अवधिमै नेपालले विश्व क्रिकेटमा आफ्नो दरिलो पहिचान बनाएको मात्र छैन आफुलाई विश्वकै एक प्रतिस्पर्धी टीमका रूपमा स्थापित समेत गरेको छ।
सन् २०१४ को टी-२० विश्वकपमा पहिलोपटक सहभागी भई विश्वको ध्यान खिचेको नेपाली टोलीले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मान्यता प्राप्त गर्दै ऐतिहासिक सफलता हासिल गर्यो। सन् २०२३ मा एसिया कपमा भारत र पाकिस्तान जस्ता दिग्गज राष्ट्रहरूसँग एउटै मैदान सेयर गर्नुका साथै सन् २०२४ मा दश वर्षपछि पुनः टी-२० विश्वकप खेल्नु नेपाली क्रिकेटका स्वर्णिम कोसेढुङ्गा हुन्। कठिन परिस्थिति, सीमित पूर्वाधार र संरचनागत चुनौतीका बाबजुद पनि नेपाली खेलाडीहरूको मैदानमा देखिने समर्पण र देशभित्र तथा बाहिर रहेका करोडौँ समर्थकहरूको अतुलनीय माया नै नेपाली क्रिकेटको असली शक्ति र सफलताको जग हो।
मुलुक बिभिन्न कारणले बिभाजित भएको बिषम परिस्थितिमा क्रिकेट एउटा यस्तो रसाएन बनेको छ जसले नेपालीहरूलाई तिक्तता बिर्सेर एउटै झण्डामुनि आउन बाध्य पारेको छ। नेपाली क्रिकेटको सधैँ प्रगति होस् भन्ने कामना सहित यो साङगितिक भाव पस्केका छौँ।
मन परेमा लाइक र च्यानललाई सब्स्क्राइव गरीदिनु हुन नम्र निवेदन गर्दछौँ।
अब्बल संगीतका अलावा शब्दमा समेत आफ्नो निपूर्ण क्षमता सहित सम्पादन गरेर यो स्तरमा पुर्याउनु भएकोमा मित्र अर्जुन पोखरेललाई बिषेश धन्यवाद ।
चन्द्रबन्धु बिनयी, बिश्वेम्भर मैनाली, महेश कार्की र कुमार राउत पनि धन्यवादका पात्र हुनुहुन्छ।
गीत रचना देखि अन्त्य सम्म साथमा रही हरेक पल सल्लाह दिने तारा शर्मा र अनुभव पौडेललाई पनि बिशेष धन्यवाद!
गीत संगीतप्रतिको अगाथ प्रेम र सपर्पणले यस गीतका लागि भावनात्मक र मौद्रिक समर्थनका लागि एम बि राउत त सदा झैं धन्यवादका पात्र हुनुहुन्छ।
The Divine Music Proudly Presents New Nepali Cricket Song "वीर नेपाली क्रिकेट मैदानमा" (Nepali Cricket Song).
हाम्रा वीर क्रिकेट योद्धा र करोडौँ समर्थकहरूको जोस, समर्पण र उत्साहलाई समर्पित विशेष सांगीतिक प्रस्तुति।
AUDIO CREDITS:
----------------------------------------
Song Title: वीर नेपाली क्रिकेट मैदानमा (Nepali Cricket Song)
Vocal: Karan Pariyar (करण परियार)
Music: Arjun Pokharel (अर्जुन पोखरेल)
Lyrics: M Paudel (एम पौडेल)
Recording Studio: The Divine Music
Production: MB Raut & M Paudel (एम बि राउत र एम पौडेल)
VIDEO CREDITS:
----------------------------------------
CAN (Cricket Association Nepal)
Sajan Lamichhane, Sudeep Koirala
LYRICS (शब्द)
फेरि आयो नेपाली क्रिकेट खेल्न यसपाली
© All Rights Reserved with MPaudel-M2B / The Divine Music.
Unauthorized downloading and uploading of this video/audio content on any other platform is strictly prohibited.
#NepaliCricket #CricketSong #KaranPariyar #ArjunPokharel #MPaudel #NepaliSong2026 #Nation #JayNepalJayNepaliCricket