Перейти к содержимому

LIVE🔴 रसुवा बाढी अपडेट, बाढीको कहर पछिल्लो अपडेट RASUWA FLOOD, Nepal Flood Update, रसुवा बाढी Live

Info khabar

0:00 / 0:00

LIVE🔴 रसुवा बाढी अपडेट, बाढीको कहर पछिल्लो अपडेट RASUWA FLOOD, Nepal Flood Update, रसुवा बाढी Live

7 337 просмотров · 4 часа назад
Info khabar
1,08 млн подписчиков
7 337 просмотров · 4 часа назад
बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिकाका वडा नम्बर २, ३ र ५ मा ठूलो विनाश मच्चाएको छ। बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा घर, बजार, सडक र सरकारी संरचना बगाएपछि क्षतिको यकिन विवरण अझै आउन सकेको छैन। तिब्बतबाट रसुवा भोटेकोसीमा बुधबार बिहान ९ बजेआसपास आएको बाढीले अकल्पनीय क्षति गराएको छ । तिब्बत क्षेत्रमा हिमताल र हिमपहिरो विस्फोट भई बाढी आएको आकलन छ । बाढीले रसुवा र नुवाकोट जिल्लाका धेरै ठाउँमा अकल्पनीय क्षति पुर्‍याएको हो । परम्परागत बाढीको तुलनामा एक्कासि आएको विस्फोटक बाढीले अकल्पनीय मानवीय र भौतिक क्षति गराएको हो । नुवाकोटको विदुरबाट पत्रकार न्यौपानेले दिएको जानकारीअनुसार ८ बजेर ४८ मिनेटमा तिब्बतबाट बाढी नेपालको भूभागमा प्रवेश गरेको थियो । ‘हामीलाई सुरक्षा निकायले गराएको जानकारीअनुसार आज बिहान ८ बजेर ३५ मिनेटमा चीनतिर ठूलो गड्याङमड्याङको आवाज आएको थियो । त्यसको केही बेर अर्थात् ८ बजेर ४५ मिनेटमा तिब्बततिरबाट भोटेकोसी (त्रिशूली)को बाढी नेपालको भूमिमा प्रवेश गरेको थियो । ८ बजेर ४८ मिनेटमा भयानक बाढी टिमुरेमा आयो र बजार बगायो,’ न्यौपानेले शिलापत्रसँग भने, ‘यो क्षेत्र नेपालको सुक्खा बन्दरगाह रहेको आसपासको क्षेत्र पनि हो । टिमुरेभन्दा केही माथि अन्तर्राष्ट्रिय नाका पर्छ । यो क्षेत्रमा भन्सार कार्यालय, बैंक, वित्तीय संस्था, घरबस्ती र बजार थिए । टिमुरेको बस्ती सबै बगाएको छ, जहाँबाट धेरै जना हताहत भएको प्रशासनले जनाएको छ ।’