Перейти к содержимому

राष्ट्रिय आविष्कार केन्द्र घुमेर हेर्दा ! | National Innovation Center | Mahabir Pun | Tikaram Yatri

Tikaram Yatri

0:00 / 0:00

राष्ट्रिय आविष्कार केन्द्र घुमेर हेर्दा ! | National Innovation Center | Mahabir Pun | Tikaram Yatri

148 970 просмотров · 3 г. назад
Tikaram Yatri
347 тыс. подписчиков
148 970 просмотров · 3 г. назад
Guest: Mahabir Pun Research: Saroj Gautam and Tej Prasad Wagle Concept, Producer and Presenter: Tikaram Yatri Camera Person: Sanjay Neupane Visual Editor: KP Devkota Social Media: Krishna Karki टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए । एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ । तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ । विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् । राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् । झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् । विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।। Connect With Me Facebook:   / tikaram.yatri   Instagram:   / tikaramyatri   Twitter:   / tikaramyatri   YouTube:    / @tikaramyatri   TikTok:   / tikaramyatri   All Rights Reserved © by Yatri Media Pvt. Ltd #tikaramyatri #theyatri # MahabirPun