Перейти к содержимому

गौरा पर्वको पूरा भिडियो | Gaura Festival | हेर्नुस् यो भिडियोमा 🙏

Panch Dev Bhatta

0:00 / 0:00

गौरा पर्वको पूरा भिडियो | Gaura Festival | हेर्नुस् यो भिडियोमा 🙏

10 068 просмотров · 2 нед. назад
Panch Dev Bhatta
25,9 тыс. подписчиков
10 068 просмотров · 2 нед. назад
गौरा पर्व | Gaura Festival | द.न.पा.–१, कलौन, बैतडी सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको गौरा पर्व कसरी मनाइन्छ भन्ने कुरा यस भिडियोमा विस्तृत रूपमा प्रस्तुत गरिएको छ। यस भिडियोमा द.न.पा.–१, कलौन, बैतडीमा परम्परागत विधिअनुसार मनाइएको गौरा पर्वका विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई समेटिएको छ। गौरा पर्वको सुरुवात मास, गहत, गुरुस, केराउ र गहुँ लगायत पाँच अन्न मिसाएर बिरुडा भिजाउने परम्पराबाट हुन्छ। त्यसपछि बिरुडालाई नजिकैको शुद्ध पानीको मुहान दुग्धकुण्डमा लगेर सगुनसहित विधिपूर्वक धुने गरिन्छ। बिरुडा धोइसकेपछि पूजा–आराधना सहित गौरा देवीको प्रतिमा स्थापना गरिन्छ र बिरुडा घरमा ल्याईन्छ । गौरा पर्वको अघिल्लो रात विशेष पूजा–आराधना गरिन्छ। पर्वको मुख्य दिन गौरा देवीको विधिपूर्वक पूजा, बिरुडाले आफन्तजनको पूजा गरी आशीर्वाद लिने, फल फट्काउने, दुब्धागो बाँड्ने लगायतका परम्परा पूरा गरिन्छ। साथै दमाहा बाजासहित लाखेको रमाइलो, देउडा, खेल तथा विभिन्न सांस्कृतिक गतिविधिले पर्वलाई अझ विशेष बनाउँछ। गौरा पर्वको मुख्य दिनको पूजा–आराधना सम्पन्न भएपछि गौरा देवी र भगवान् शिवको प्रतिमा सुरक्षित राख्ने चलन छ। त्यसपछिका दिनमा विभिन्न शक्तिपीठहरूमा पूजा–आराधना, देउडा तथा खेलसहित गौरा पर्व मनाइन्छ। अन्ततः गौरा पर्वको समापनका दिन गौरा देवी र भगवान् शिवको प्रतिमा विसर्जन गर्ने, अर्थात् ‘गौरा सेलाउने’ परम्परासँगै पर्वको समापन गरिन्छ। यस भिडियोमार्फत गौरा पर्वको धार्मिक महत्व, पूजा विधि, बिरुडा धुने परम्परा, देउडा, दमाहा बाजा, लाखे तथा स्थानीय संस्कृतिलाई नजिकबाट हेर्न सक्नुहुनेछ। ⦿ Gaura Festival Documentary:    • Gaura Documentary - गौरा पर्व किन र कसरी म...   ⦿ Another Gaura Video:    • GAURA FULL DOCUMENTARY [ गौरा पर्व वृत्तचि...   © Panch Dev Bhatta Using this video or any part of it on other YouTube channels or in any video without prior permission will be STRICTLY PROHIBITED and if found used will lead to punitive measures. Website embedding or direct sharing in social media is allowed. #गौरापर्व #GauraFestival #GauraParva #Baitadi #बैतडी #कलौन #सुदूरपश्चिम #NepaliCulture #Deuda #देउडा #बिरुडा #GauraFestival #गौरा #NepalFestival