सन्तान नभएपछि आफ्नै बहिनीलाई ल्याएर श्रीमानसँग बिहे गराएँ! ७८ वर्षीय पार्वती आमाको मार्मिक कथा
CB Bhurtel
0:00 / 0:00
सन्तान नभएपछि आफ्नै बहिनीलाई ल्याएर श्रीमानसँग बिहे गराएँ! ७८ वर्षीय पार्वती आमाको मार्मिक कथा
3 262 просмотра · 1 дн. назад
CB Bhurtel
36,3 тыс. подписчиков
3 262 просмотра · 1 дн. назад
न्यानो अभिवादन तथा नमस्कार, हाम्रो ६८७ औँ शृङ्खलामा तपाईंहरूलाई हार्दिक स्वागत छ।
आजको विशेष शृङ्खलामा हामीले २००५ सालमा कास्कीको लुम्लेमा जन्मेर १० वर्षको कलिलो उमेरमा विवाह गरी धितालको डडाली भित्रिनुहुने ७८ वर्षीय आमा पार्वती ढुंगानाको अत्यन्तै अनौठो, मार्मिक र आँसुले भरिएको जीवन कथा लिएर आएका छौँ।
बाल्यकालदेखि नै आमालाई औधि माया गर्ने र भाँडोमा थोरै खानेकुरा देख्दा "म खान्न आमा, तिमी नै खाऊ" भन्दै भोकै बस्ने आमाको विवाहपछिको जीवन निकै कष्टकर रह्यो। आफ्नो कोखबाट सन्तान नजन्मेपछि समाजले दिएको पीडा र हेपाइ सहन नसकी उहाँले आफ्नो विवाह हुँदा भर्खरै जन्मेकी आफ्नै सानी बहिनीलाई ल्याएर श्रीमानलाई सिन्दुर हाल्न लगाउनुभयो। तर, विडम्बना! बहिनीको कोखबाट पनि सन्तान भएनन्।
"आफ्नो सन्तान नभएपछि अरूले निकै हेप्दा रहेछन् बाबु, त्यसरी हेपाइ खाँदा ज्यादै मन रुन्छ..." भन्दै आमाले विगतका आँसु र पीडाहरू सम्झिनुभएको छ। विगतमा मात्र ६०० रुपैयाँमा बनाएको पुरानो घरमा हाल यी दुवै दिदीबहिनी मिलेर, सुख-दुःख साट्दै खेतीकिसानी गरेर आफ्नो जीवनलाई रमाइलो बनाउने प्रयास गरिरहनुभएको छ।
एउटी नेपाली नारीको अभूतपूर्व त्याग, आँसु र दिदीबहिनीको यो आत्मीयताले भरिएको कथालाई अन्तिमसम्म हेरेर आफ्नो अमूल्य प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।
[Keep Subscribing and Sharing]
If you like our content, please Like, Share, and Subscribe to our channel for more traditional and historical stories of Nepal.
सम्पर्क (Contact):यदि तपाईंको गाउँ ठाउँमा पनि यस्तै प्रेरणादायी वा पुराना कथा बोकेका वृद्ध आमा-बुबाहरू हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।📞 सम्पर्क नं: ९८४१३१७१८५
Our Social Links:[ / cb.bhurtel ]
Copyright Notice:All rights of this video are reserved with CB Bhurtel (CB Production). Downloading and re-uploading this video on other channels or platforms without permission is strictly prohibited. However, iframe embedding is allowed.