Перейти к содержимому

बीपीदेखि हर्कसम्म : विचार कि अवसर? | कमल ढकालसँग खुला संवाद | Bardan Podcast — Episode 6

Bardan Podcast (पदचिह्न)

0:00 / 0:00

बीपीदेखि हर्कसम्म : विचार कि अवसर? | कमल ढकालसँग खुला संवाद | Bardan Podcast — Episode 6

653 просмотра · 2 нед. назад
Bardan Podcast (पदचिह्न)
182 подписчика
653 просмотра · 2 нед. назад
बीपीदेखि हर्कसम्म—बदलिँदो राजनीतिक धार, बदलिँदो विचार र त्यसको पछाडिको कारण के हो? Bardan Podcast — पदचिह्नको Episode 6 मा हामीसँग हुनुहुन्छ कमल ढकाल। यस एपिसोडमा हामीले नेपाली राजनीतिमा देखिएका विभिन्न राजनीतिक धार र यात्रालाई जोड्दै विचार कि अवसर? भन्ने प्रश्नमा केन्द्रित रहेर खुला संवाद गरेका छौं। बीपी कोइरालादेखि हर्क साम्पाङसम्म आइपुग्दा नेपाली राजनीतिमा देखिएका विचार, नेतृत्व र राजनीतिक धारप्रतिको बुझाइ के छ? राजनीतिक धार परिवर्तनलाई कसरी हेर्ने? यो विचार परिवर्तन हो कि राजनीतिक अवसरको खोजी? र स्वयं कमल ढकालको राजनीतिक यात्रामा आएका परिवर्तनका पछाडि के कारण छन्? यी प्रश्नहरूमा उहाँसँग खुलेर संवाद गरिएको छ। यो संवाद कुनै निष्कर्ष सुनाउने प्रयास होइन। एउटा प्रश्न उठाउने, फरक विचार सुन्ने र राजनीतिक यात्रालाई बुझ्ने प्रयास हो। 🎙️ Bardan Podcast — पदचिह्न साधारण मानिसका असाधारण कथा… भिडियो हेर्नुहोस्, आफ्नो विचार Comment मा राख्नुहोस् र 🔔 Bardan Podcast Subscribe गर्न नबिर्सनुहोस्। ━━━━━━━━━━━━━━━━━━ ⚠️ DISCLAIMER यस पोडकास्टमा प्रस्तुत राजनीतिक विचार, धारणा, अनुभव तथा अभिव्यक्तिहरू सम्बन्धित अतिथि/वक्ताका व्यक्तिगत भनाइ हुन्। यी विचारहरू Bardan Podcast वा यसको टिमको आधिकारिक धारणा अनिवार्य रूपमा होइनन्। कार्यक्रममा प्रस्तुत गरिएका राजनीतिक विश्लेषण, दाबी वा अभिव्यक्तिहरू सम्बन्धित वक्ताको भनाइका रूपमा प्रस्तुत गरिएका छन्। दर्शकहरूले आवश्यक तथ्य, सन्दर्भ र अन्य विश्वसनीय स्रोतका आधारमा आफ्नै धारणा बनाउन अनुरोध गर्दछौं। कुनै व्यक्ति, राजनीतिक दल, संस्था वा समुदायको मानहानि, अपमान वा गलत सूचना फैलाउने उद्देश्य यस कार्यक्रमको होइन। ━━━━━━━━━━━━━━━━━━ #BardanPodcast #पदचिह्न #कमलढकाल #बीपीदेखिHर्कसम्म #विचारकि_अवसर #Episode6 #NepaliPodcast #NepalPodcast #NepalPolitics #PoliticalDialogue #NepaliInterview #साधारणमानिसकाअसाधारणकथा