समयमै संविधान जारी हुने प्रधानमन्त्री सुशील कोईराला - NEWS24 TV
News24 Nepal
0:00 / 0:00
समयमै संविधान जारी हुने प्रधानमन्त्री सुशील कोईराला - NEWS24 TV
1 070 просмотров · 11 лет назад
News24 Nepal
3,69 млн подписчиков
1 070 просмотров · 11 лет назад
काठमाण्डौ । प्रधानमन्त्री सुशील कोइरालाले मुलुक विकासको वाटोमा अघि बढिसकेको भन्दै देशलाई द्वन्दमा धकेल्न चाहनेहरुलाई निस्तेज पार्न आग्रह गर्नु भएको छ । प्रजातन्त्रको मुल्य, मान्यता र आदर्शको विरुद्ध कसैसँग सहमति नगरिने दोहो¥याउदै उहाँले निर्धारित समयमै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।
लौह पुरुष गणेशमान सिंहको जन्म शताव्दीको अवसरमा गणेशमान सिंह तथा जन आन्दोलन शहिद स्मृति फाउन्डेसनले काठमाडौमा आयोजना गरेको जन आन्दोलन स्वर्ण पदक विभूषित तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री कोइरालाले जसरी भएपनि माघ ८ मै संविधान जारी हुने प्रतिवद्धता जनाउनुभयो ।
रत्न पार्कको गणेशमान स्मृति पार्क भएको कार्यक्रममा उहाँले मुलुक आधुनिक युगमा प्रेवश गरिसकेको बताउनुहुदै आर्थिक विकासको लागि निर्धारित समयममै संविधान जारी गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्नुहुदै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले संविधान जारी गर्ने समय नजिकिई सकेकोले दलहरुलाई अघिल्लो संविधान सभाको स्वामित्व ग्रहण गरी वार्ताको टेवलमा बसेर धमाधम सहमति गर्न आग्रह गर्नूभयो । हिजो गरिएको सहमतिबाट मुलुक पछि हट्न नसक्ने भन्दै निर्धारित समयमा संविधान जारी गर्नूृको विकल्प नरहेको धारणा सभामुखले राख्नुभयो ।
प्रतिष्ठानले यो वषर््ा पत्रकार हरीहर विरहीलाई स्वर्ण पदकवाट विभूषित गरेका छ । स्वर्गीय गणेशमान सिहको जन्म शताब्दीको अवसरमा स्मृति पार्क, क्याम्पस भवन निर्माण, फोटो सहितको सिक्का प्रकासन, विचारगोष्ठी, स्मृतिग्रन्थ प्रकाशन, सरसफाईजस्ता विभिन्ने वर्षभरी विभिन्न रचनात्मक कार्यक्रम गरी लौह पुरुषलाई सम्झईने छ ।