Перейти к содержимому

धार्मिक तथा पर्यटकिय क्षेत्र सताक्षी धाम Satakshi Dham gone vlog ।। Yatra jiwan ko

Jiwan Ko Yatra

0:00 / 0:00

धार्मिक तथा पर्यटकिय क्षेत्र सताक्षी धाम Satakshi Dham gone vlog ।। Yatra jiwan ko

15 313 просмотров · 6 лет назад
Jiwan Ko Yatra
315 подписчиков
15 313 просмотров · 6 лет назад
जीबनको यात्रामा आज पवित्र धार्मिक क्षेत्र सताक्षीधाम झापा को शिभ सताक्षी धाममा पौराणिक कालमा ऋषिमुनीले तपस्या गरेका थिए। त्यसोत दूर्गा सप्तशती चण्डीमा सताक्षीदेवीको नाम र उनको वाणी नै पढ्न पाइन्छ। महाभारतका अनुसार पाँचपाण्डवहरु १२ वर्षसम्म वनवास बसी १ वर्ष गुप्तवास बस्न विराट राजाको दरबार विराटनगर जाँदा अर्जुनले आफ्नो गान्ढिव धनु र शस्त्रअस्त्र राम्रो कपडामा बाँधी सताक्षीधाम आसपास समीको रुखमा लुकाएर राखेको 'वन पर्वमा' उल्लेख छ। गुप्तवासका बेला पाँच पाण्डव सताक्षीधाममा बसेका थिए। धाममा दिगम्बेस्वर महादेवको ठूलो मन्दिरसँगै अन्य स–साना मन्दिर छन्। दिगम्बेश्वरभित्र घाँटीमा गोमन सर्पले बेरिएको दिगम्वरेश्वरको विशाल मूर्ति छ। अहिले सताक्षी माताको सुन्दर मन्दिर बनाइएको छ। राजमार्गबाट सताक्षीधाम पुग्न पाँच किलोमिटर लागे पनि त्यहाँबाट एक किलोमिटर उत्तरमा रहेको शिवपार्वती झरनासम्म पुग्न भने नदीको तिरैतिरबाट हिँड्नुपर्छ। झरनालाई आकाश गंगा पनि भनिन्छ। झरनासम्म पुग्ने क्रममा पाण्डव बगैँचा भेटिन्छ। जहाँ सुपारी, आँप लगायतका रुख छन्। रानी द्रौपदी बिरामी हुँदा औषधी पानी खुवाएर जाति भएको मानिने विरेनुनको गन्धक वासना आउने कुण्ड पनि छ। खोलैखोला हिँड्दै जाँदा द्रौपदि स्नान तलाउ देख्न सकिन्छ, शिवपार्वती विश्रामस्थल भेटिन्छ। तलाउभन्दा अलिकति अगाडी शक्ति पाण्डव गुफा भेटिन्छ जहाँ पत्थर चट्टानमा नागहरुको आभुषणयुक्त आकृति र गाईको दुध झरिरहेकोजस्तो आकृति देखिन्छ। त्यहाँ पुगेर भक्तजन चन्दन, अक्षता, फूल र दान चढाउँछन्। त्यसपछि सिद्धेश्वर शिव गुफाहुँदै झरनासम्म पुगिन्छ। जहाँ तीर्थयात्री स्नान गर्छन्। यसको उत्तरी भागमा सानो तलाउ र निर्मल छाँगो छ। त्यहाँ उभिएर एक सय फिटमाथीबाट सिधा खसिरहेको पानी नियाल्दा मन बहलिन सक्छ, बेग्लै संसारमा पुगेको अनुभूति हुन्छ। सक्षाक्षीधाममा प्राकृतिक कुरा त छँदैछन्, यसलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पनि समिति लागि परि रहेको छ । । विश्रामालय, बुद्ध पार्क, अतिथि गृह बनिसकेको छ। वेदशाला पनि खुलेको छ। दिल्लीमा गौशाला संचालन गरिरहेका गौभक्त नन्द किशोर भारद्धाज ले यहाँ गौशाला नै चलाएका छन्। 'नेपालमा गौ हत्या भइरहेको थाहा पाएपछि गौ संरक्षण गर्न दुईवर्ष अघि यहाँ आएका उनले कृष्ण भगवानले सेवा गरेको प्रजातीका केही गाईहरु समेत भारतबाट ल्याएका छन्। #yatrajiwanko #shivasatakshi #gone vlog