Перейти к содержимому

दसैं Ko Nawami Ma Kina Niskinxa Tangkhuwa Ko Yo Rahasyamaye Nishan? |

Khem Dewan

0:00 / 0:00

दसैं Ko Nawami Ma Kina Niskinxa Tangkhuwa Ko Yo Rahasyamaye Nishan? |

11 968 просмотров · 1 день назад
Khem Dewan
705 тыс. подписчиков
11 968 просмотров · 1 день назад
धनकुटाको ऐतिहासिक छथर क्षेत्रको ताङ्खुवामा हरेक वर्ष विजया दशमीको नवमीका दिन एउटा विशेष सांस्कृतिक परम्परा निभाइन्छ—निशान पूजा तथा प्रदर्शन। साविक ताङ्खुवा र तेलियाको सिमानामा पर्ने ऐतिहासिक मौलो डाँडा, अर्थात् टिङडाँडामा हुने यो परम्परामा ताङ्खुवाका खजुम पारघरी र खजुम चोङबाङ लिम्बू समुदायसँग सम्बन्धित निशानहरूलाई विधिपूर्वक पूजा तथा प्रदर्शन गरिन्छ। स्थानीय जनविश्वासअनुसार यी निशानलाई भाले निशान र पोथी निशानका रूपमा जोडी मानेर पूजाअर्चना गर्ने गरिन्छ। यो भिडियोमा हामीले ताङ्खुवाको निशानको इतिहास, यसको धार्मिक तथा सांस्कृतिक महत्व, नवमीका दिन निशान निकाल्ने परम्परा, मौलो डाँडामा हुने पूजा तथा प्रदर्शन र यससँग जोडिएका स्थानीयहरूको अनुभवलाई समेटेका छौँ। यस क्रममा छथर जोरपाटी गाउँपालिकाका पूर्व अध्यक्ष तथा स्थानीय सेरबहादुर पारघरी खजुम र पूर्व ब्रिटिस गोर्खा मेजर झप्टमान पारघरी खजुमसँग निशानको इतिहास तथा परम्पराबारे कुराकानी पनि गरेका छौँ। ताङ्खुवाको निशानसँगै छथर सुदापमा रहेको तोपसहितको नगरा निशान तथा पाँचथरको याङवरक क्षेत्रमा रहेको निशान परम्पराबारे पनि यस भिडियोमा चर्चा गरिएको छ। पुर्खाले छोडेर गएको इतिहास र संस्कृति नयाँ पुस्तासम्म पुर्‍याउनु हामी सबैको जिम्मेवारी हो। भिडियो मन परेमा Like, Comment, Share र Channel Subscribe गरिदिनुहोला। #Tangkhuwa #Chhathar #NishanPuja #Dasain #Limbuwan #Dhankuta #NepaliCulture #LimbuCulture #Nishan #ChhatharJorpati #NepalVlog