समथ एवं विपश्यना ध्यानको Podcast┃भाग-१ (Samatha & Vipashyana Meditation Podcast | Episode 1)
Samatha & Vipashyana Meditation
0:00 / 0:00
समथ एवं विपश्यना ध्यानको Podcast┃भाग-१ (Samatha & Vipashyana Meditation Podcast | Episode 1)
2 203 просмотра · 22 ч назад
Samatha & Vipashyana Meditation
123 подписчика
2 203 просмотра · 22 ч назад
समथ एवं विपश्यना ध्यान केन्द्रको Podcast मा यहांहरु सबैलाई हार्दिक स्वागत छ।
हामीले समथ एवं विपश्यना ध्यान केन्द्रको पोडकास्ट औपचारिक रूपमा सञ्चालनमा ल्याएका छौँ। यो हाम्रो पोडकास्टको पहिलो भाग हो।यस पहिलो भागमा हाम्रो ध्यान केन्द्रका श्रद्धेय गुरु डा. कर्मा सङबो ज्यूसंग पत्रकार श्री रोहन श्रेष्ठज्यूले गर्नुभएको विशेष अन्तर्वार्ता प्रस्तुत गरेका छौँ।
आगामी दिनहरूमा पनि हामी यस पोडकास्टमार्फत हाम्रो ध्यान केन्द्रमा ध्यान साधना गरिरहनुभएका साधक–साधिकाहरूका अनुभवहरू तपाईँहरूमाझ प्रस्तुत गर्नेछौँ। साथै, हाम्रो केन्द्रद्वारा प्रत्येक शनिबार सञ्चालन गरिने बाल ध्यान समूहका कक्षाहरू, बालबालिकाका अनुभवहरू तथा अभिभावकहरूका विचार र अनुभवहरू पनि समेट्नेछौँ।
हाम्रो उद्देश्य ध्यान, साधना र सकारात्मक जीवनशैलीसँग सम्बन्धित अनुभवहरू सबैमाझ पुर्याउनुका साथै भगवान बुद्धले देखाउॅंनु भएको समथ एवं विपश्यना ध्यानको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नु हो।
हाम्रो पोडकास्ट प्रत्येक सोमबार नेपाली समय बिहान ७:३० बजे प्रसारण हुनेछ।
त्यसैले, यहाँहरू सबैलाई हाम्रो पोडकास्ट नियमित रूपमा हेर्न, सुन्न र आफ्ना साथीभाइ तथा परिवारजनसँग सक्दो धेरै Share गर्न हार्दिक अनुरोध गर्दछौँ।साथै, यहाँहरूले दिनुहुने प्रतिक्रिया, सल्लाह र सुझावहरूलाई हामी अत्यन्त महत्त्वका साथ लिनेछौं। यहाँहरूको अमूल्य साथ, सहयोग र प्रतिक्रियाले हाम्रो पोडकास्टलाई अझ उत्कृष्ट, उपयोगी र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ।
आउनुहोस्, ध्यान, शान्ति र सकारात्मक सोचका अनुभवहरू सँगसँगै बाँडौँ।
समथ एवं विपश्यना ध्यान केन्द्रको पोडकास्ट हेर्नुहोस्, सुन्नुहोस् र Share गर्न नभुल्नुहोस्।
यहाँहरूको साथ र मायाका लागि हार्दिक धन्यवाद! समथ एवं विपश्यना ध्यान केन्द्र, बुढा नीलकण्ठ-१०, काठमाण्डौं।
E-mail: samathavipashyanameditation@gmail.com
नमो बुद्धाय।