रामप्रसाद खनालको बाढी सम्बन्धि शोकगीत "नेपाल फेरि रुनु रोयो" | Ram Prasad Khanal's Nepal cries again
Ram Prasad Khanal
0:00 / 0:00
रामप्रसाद खनालको बाढी सम्बन्धि शोकगीत "नेपाल फेरि रुनु रोयो" | Ram Prasad Khanal's Nepal cries again
9 299 просмотров · 5 дней назад
Ram Prasad Khanal
146 тыс. подписчиков
9 299 просмотров · 5 дней назад
Ram Prasad Khanal Presents:-
रामप्रसाद खनालको बाढी सम्बन्धि शोकगीत "नेपाल फेरि रुनु रोयो"
Ram Prasad Khanal's flood-related mourning Nepali song - "Nepal cries again" - Aug 28, 2026
Song Lyrics and Music : Ram Prasad Khanal & Singing by AI
#RamPrasadKhanal
कति मरे ठेगान छैन, कति बेघरबार भए,
कति मान्छे भेलसँगै, बगे, कति कहाँ गए ?!
रुवाबासी जताततै, आँसुको भेल पनि कति !
भगवान् यस्तो किन ? मेरो देशलाई किन क्षति ?
रसुवामा उर्लिएको भेल काल बनी आयो,
हेर्दा हेर्दै घर बस्ती छिनभरमै बगाइ लग्यो ।
नुवाकोट रुँदा रुँदै धादिङ आसपास रोयो,
चितवनको छाती चिर्दै आँसु तलसम्म छोयो !
तनहुँ रोयो, नवल परासी नि शोकभित्रै डुब्यो,
कसको घर र कसको जीवन कुन्निकुन किनार पुग्यो।
कति मरे, कति हराए, लेखाजोखा छैन अझै,
बाँचेकाको आँखाभित्र आँसु बाहेक छैन अझै
कसैका त् आमा हराए, बाबा, लाला बाला गए,
कठैबरा मान्छे संगै पशु पनि लोप भए
सिन्दूर पनि पखालियो, काख रित्ता भए कति
के लिला हो यस्तो प्रभु बग्दै बग्दै गए कति ।
घर गयो, खेत बारी, चुलो समेत निभ्यो यहाँ,
जिन्दगीभर जोडेको सब भेलभित्रै गयो कहाँ ?
आफन्तजन खोज्दै किनार, कति मान्छे रोइरछन,
मसानघाटमा रुँदै कति आँसुले मुख धोईराछन ।
कसैका त् आमा हराए, बाबा, लालाबाला गए,
कठैबरा मान्छे संगै पशु पनि लोप भए
सिन्दूर पनि पखालियो, काख रित्ता भए कति
के लिला हो यस्तो प्रभु बग्दै बग्दै गए कति ।
घर गयो, खेत बारी, चुलो समेत निभ्यो यहाँ ,
जिन्दगीभर जोडेको सब भेलभित्रै गयो कहाँ ?
आफन्तजन खोज्दै किनार, कति मान्छे रोइरछन,
संसानघाटमा रुँदै कति आँसुले मुख धोईराछन ।
कसैको घर पानीभित्र, कसैको खेत बग्यो कति
कसैका त सपना ती एकै रातमा ढल्यो कति !
बाटा घाटा संरचना पनि सबै ढले कति
हात समाउने होला आफ्नै मान्छे मरे कति
आकाश रोयो, धरती रोयो सबै रोए यस्तो देख्दा
धर धरी मन रुन्छ, दुख पिडाका गीत लेख्दा
कसलाई के भनेर सम्झाऊँ, घाउ निकै गहिरो लाछ,
देशभरि नै शोक छाछ, मन पनि भारि भाछ !
अब हामी हात समाऔँ, दुःखमा नि साथ दिऔँ,
भोकालाई गाँस दिऔँ, बेघरबारलाई बास दिऔँ।
घाइते र शोक मग्नको घाउमा मल्हम बन्नु पर्छ,
रोइरहेको नेपालीलाई हामी छौं है भन्नु पर्छ ।
यो बेलामा दोष खोज्ने होइन, गरौँ हातेमालो,
मानवताको धर्म सम्झी पीडितलाइ दिउँ अँगालो ।
देश–विदेश जहाँ भए पनि एउटै मन हुनुपर्छ,
नेपाल रोएको यस घडीमा नेपालसँगै रुनु पर्छ
कति मरे, ठेगान छैन नेपाल आज रुनु रोयो,
कति बेघरबार भए, कुन दैबले छुनु छोयो !
रुवाबासी चारैतिर, आँसुले मन सबले धोयो,
भगवान, यस्तो किन ? नेपाल फेरि रुनु रोयो !
रामप्रसाद खनाल
© Ram Prasad Khanal, 2026
-----------------------------------------------
Social Links:-
YouTube:- https://tinyurl.com/RamPrasadKhanalYT
Facebook:- / rpkhanal
Facebook Page:- https://tinyurl.com/RamPrasadKhanalPage
Website:- http://www.ramprasadkhanal.com
Twiiter:- / infonepalmother
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Ram Prasad Khanal. Embedding to a website is allowed.