Перейти к содержимому

रुकुमैको रानीवन

Narendra K C

0:00 / 0:00

रुकुमैको रानीवन

3 938 просмотров · 7 дн. назад
Narendra K C
849 подписчиков
3 938 просмотров · 7 дн. назад
शब्दः नरेन्द्र केसी संगीत/स्वरः एआई सानीभेरी सुसाउँछ, भेरी बग्छ सलल रुकुमको त्यो रूप देख्दा, मनै हुन्छ चञ्चल लेकैभरि गुराँस फुल्छ, वनैभरि सुवास जन्मभूमि रुकुम मेरो, मुटुभरि मिठास । रुकुमैको रानीवन, रुकुमैको शान प्रकृतिले सजाएको, प्यारो मेरो स्थान ताल, झरना, वन र डाँडा, हिमाली मुस्कान रुकुम पश्चिम प्यारो मेरो, मुटुको पहिचान । स्यार्पु तालको नीलो पानी, ऐना जस्तै छ छालसँगै जून नाच्दा, स्वर्ग यहीँ छ साँख दहमा शान्ति भेटेँ, मनको थकाइ मेटेँ कमल दहको काखैमा, सपनाका फूल रोपेँ । सुन दह र गुप्ता दह, सम्पे तालको छाया पानीभित्र जून झरेझैँ, कति राम्रो माया डाँडापाखा, खेतबारी, हरियाली गाउँ रुकुमको यो रूप हेर्न, संसार बोलाऊँ । रुकुमैको रानीवन, रुकुमैको शान प्रकृतिले सजाएको, प्यारो मेरो स्थान ताल, झरना, वन र डाँडा, हिमाली मुस्कान रुकुम पश्चिम प्यारो मेरो, मुटुको पहिचान । सानीभेरीको छालसँगै, गाउँगाउँको गीत भेरी नदी बगिरहन्छ, बोकेर आफ्नै प्रीत नरसिंहगाड गुञ्जिरहन्छ, खोला बोल्छन् मिठो ढुङ्गा, माटो, पानीभित्र, आफ्नोपन छ निख्खर । सिमैछरी झरना झर्छ, चाँदीको त्यो धार नौधारीको छङ्छङ्ले, तान्छ बारम्बार मौराखाराको वनभित्र, चराको मधुर तान चित्री पाटन, लालपाटन, प्रकृतिको वरदान । लेकैभरि लालीगुराँस, सल्लाघारी घना काफल, ओखर, जडीबुटी, सम्पदाका गहना जङ्गलभित्र डाँफे नाच्छ, मुनाल गाउँछ गीत वन्यजन्तु, वनस्पतिले, प्रकृतिसँग प्रीत । रुकुमैको रानीवन, रुकुमैको शान प्रकृतिले सजाएको, प्यारो मेरो स्थान ताल, झरना, वन र डाँडा, हिमाली मुस्कान रुकुम पश्चिम प्यारो मेरो, मुटुको पहिचान । बिहानीको घाम झुल्कँदा, डाँडै सुनले छोप्छ साँझ परे जूनले आएर, तालैभरि चुम्छ पाखा, पखेरा, बस्तीबस्ती, मायाका चौतारी रुकुमको माटोभित्र छन्, सम्झनाका भारी । आऊ साथी, हेरौँ घुमौँ, प्रकृतिको काख जोगाऔँ है वन र पानी, यही जीवनको साख फूल नचुँडौँ, वन नफाँडौँ, सफा राखौँ ठाउँ रुकुमको यो सुन्दरता, विश्वभरि चिनाऔँ । रुकुमैको रानीवन, रुकुमैको शान प्रकृतिले सजाएको, प्यारो मेरो स्थान ताल, झरना, वन र डाँडा, हिमाली मुस्कान रुकुम पश्चिम प्यारो मेरो, मुटुको पहिचान । रुकुम पश्चिम प्यारो मेरो, मुटुको पहिचान प्रकृतिको अमूल्य उपहार, हाम्रो स्वाभिमान ।