Перейти к содержимому

४८३.आमा अदालत/हिरा भट्ट/बदमास नम्बर दुई/दिनेश पाण्डे/शार्दूलविक्रीडित छन्द

हिरा भट्ट 'बदमास नम्बर दुई' Hira Bhatta

0:00 / 0:00

४८३.आमा अदालत/हिरा भट्ट/बदमास नम्बर दुई/दिनेश पाण्डे/शार्दूलविक्रीडित छन्द

728 просмотров · 10 мес. назад
हिरा भट्ट 'बदमास नम्बर दुई' Hira Bhatta
3,5 тыс. подписчиков
728 просмотров · 10 мес. назад
आमा अदालत -------------🌹 के हुन् कानुनका दफा उपदफा आमा तिमी जान्दिनौ गुन्जिन्नन् इजलासभित्र कविता भन्दा तिमी मान्दिनौ झर्छन् निर्झरझैँ मसी कलममा वात्सल्य-धारा घुली हौ आमा मुटुकी अदालत तिमी सर्वोच्चभन्दा ठुली |१| सुत्ने दूध पिलाउने समय यो तारेख यो भन्दिनौ गुज्र्‍यो म्याद भनेर कार्यविधिका पाना तिमी गन्दिनौ खोज्छन् पाउ चुमेर बग्न अपि वा सैपालजस्तै चुली हौ आमा मुटुकी अदालत तिमी सर्वोच्चभन्दा ठुली |२| वादी के प्रतिवाद के जिरह के जान्दै नजान्ने तिमी साक्षी के बकपत्र के बहस के मान्दै नमान्ने तिमी पेरुङ्गो दिलको बन्यो दिल भुल्यो आमा-झुलोमै झुली हौ आमा मुटुकी अदालत तिमी सर्वोच्चभन्दा ठुली |३| जाहेरी र फिरादमा फरक के जान्नै नखोज्ने तिमी तामेली र बयान वा मुलतबी रोज्दै नरोज्ने तिमी सुम्पूँ खै कुन फूल आज मुटुको आए हजारौं फुली हौ आमा मुटुकी अदालत तिमी सर्वोच्चभन्दा ठुली |४| न्यायाधीश र बेन्चका सँगसँगै हौ बार आमा तिमी बच्चाका हितका निमित्त जहिल्यै संसार आमा तिमी तिम्रासामु ठुला ठुला वकिलजी हार्छन् विपक्षी भुली हौ आमा मुटुकी अदालत तिमी सर्वोच्चभन्दा ठुली |५| छन्द:शार्दूलविक्रीडित रचनाकार:हिरा भट्ट " बदमास नम्बर दुई" जन्मस्थल:पञ्चेश्वर-६,बैतडी