Перейти к содержимому

शिर्षक:- ' हराएको च्याङ्बा'

च्याङ्बा's Diary

0:00 / 0:00

शिर्षक:- ' हराएको च्याङ्बा'

328 просмотров · 2 нед. назад
च्याङ्बा's Diary
80 подписчиков
328 просмотров · 2 нед. назад
कुनै हस्पिटलमा तामाङ्ग डाक्टर देख्नु भाको छ? आजसम्म कतिवटा तामाङ्ग सचिवलाई चिन्नुहुन्छ? TU को कुनै विभागमा तामाङ्ग Professor को नाम सुन्नु भाको छ ? ....(यस्तै अझै थुप्रै प्रश्नहरू छन्।) यी प्रश्नहरूको उत्तर तराईमा यार्सागुम्बा भेटिनु भन्दा दुर्लभ छ। आखिर कहाँ छुट्यौ हामी, के हाम्रा पुर्खाहरू साँच्चिकै अरु समुदायहरू भन्दा कमजोर, असक्ष्यम थिए र? (उत्तर जटिल छ।) लु जे सुकै होस् हाम्रो इतिहास जस्तो सुकै होस् , तर अब हामीले अझै पनि पुरानै इतिहासको पुजा गर्न छोड्नु पर्छ, अरुको गुलामी गर्न छोड्नुपर्छ। तलाई सम्धी भन्दै जाँड पिलाउनेहरु तेरा सम्धी होइनन्। त्यसैले बुझ च्याङ्बा, अब तेरो बुझ्ने समय आयो। उठ च्याङ्बा, अब तेरो उठ्ने समय आयो। अब लेख्नु पर्छ हामीले एउटा नयाँ इतिहास। च्याङ्बाहरुको इतिहास। ─── कवितामा प्रयोग भएका केही तामाङ्ग शब्दहरुको अर्थ: याम्बु :- काठमाडौं च्याङ्बा:- तामाङ्ग कान्छो केटो आइरक:- रक्सी डम्फु:- तामाङ्ग समुदायको सांस्कृतिक बाजा को म्हेन्दो:- टोटोलाको फूल, तामाङ्ग समुदायमा यसको विषेश महत्व छ। प्राय ल्होसारमा यसको टिका लाएर मनाउछौँ। ─── शिर्षक:- " हराएको च्याङ्बा " नमस्ते , सचिव च्याङ्बाको कार्यालय कुन होला? Excuse me mam, डक्टर च्याङ्बा हुनुहुन्छ? Good morning Sir, प्रोफेसर च्याङ्बाको विभाग कुन हो? मन्त्री च्याङ्बाको मन्त्रालय यै हो? सलाम साहब, DIG च्याङ्बालाई भेट्न सकिन्छ? यी प्रश्नहरू राजधानीको धुलाम्मे भीडमा एक शताब्दीभन्दा बढी समयदेखि भौतारिँदै छन्— तर उत्तर अझै हराएको छ। आखिर कहाँ पुग्यो च्याङ्बा? त्यो गाउँबाट आप्पा आमालाई नभनी, हातमा एउटा डम्फु, ज्यानमा पुरानो आप्पाकै बख्खु भिरेर याम्बू छिरेको च्याङ्बा, आखिर कहाँ पुग्यो? उफ ! बल्ल आज एउटा च्याङ्बा देखेँ, सिङ्हदरबारको पूर्वी गेटमा। बर्षौँदेखि यो गेट उसैको जिम्मामा छ रे। दिनरात गेटमै उभिरहने च्याङ्बा, आखिर किन छिर्न सकेन सिङ्घदरबार भित्र? बन्न सकेन, किन कुनै कार्यालयको हाकिम ? एउटा च्याङ्बालाई TU तिर, एउटा हातमा किल्टी बोकेर दौडँदै गरेको देखेँ। TUको हरेक विभागको, हरेक सरहरूलाई हरेक दिन तातो चिया पिलाउँछ रे। TUको सबैभन्दा पुरानो कर्मचारी होरे ऊ। तर किन, कुनै विभागको कुनै पनि सूचना पाटीमा टाँसिएको प्रोफेसरहरूको लिस्टमा उसको नाम छैन? अर्को च्याङ्बालाई, वीर हस्पिटलको इमर्जेन्सी वार्डमा भेटेँ, निउरेर भुइँमा पोछा लाउँदै, पुरै अस्पताललाई उसैले स्वस्थ राख्छ रे, तर किन? तर किन देख्दिनँ म, कुनै पनि कोठाको ढोकामा टाँसिएको नेमप्लेटमा "डाक्टर च्याङ्बा" को नाम? एउटा च्याङ्बा, RNACमा दिनकै कराउँछ । "चाबेल बौद्ध, चाबेल बौद्ध, बौद्ध जोरपाटी" । दिनकै हजारौँ यात्रुहरुलाई गन्तव्यमा पुऱ्याउने च्याङ्बाले, आखिर किन आफ्नो गन्तव्य भेटेन? किन उसको जिन्दगी, अझै पनि यही बौद्ध र RNAC को रुटमा घुम्दै छ? अर्को च्याङ्बालाई, त्रिपुरेश्वरको राहदानी बिभागमा भेटेँ। "ल्हासो ज्योज्यो" फिस्स हाँस्दै भन्यो। देश बनाउने कुनै पनि आन्दोलन नछोड्ने च्याङ्बा, किन आज यो देश नै छोड्दैछ? किन डम्पू बेचेर बनाउँदैछ, हरियो राहादानी ? ─── ओ ! युगौ युगदेखि सुतेका च्याङ्बा हो, उठ ! अब तेरो उठ्ने समय आइसक्यो। त अब पनि नउठे, यो दुनियाँले तेरो पोस्टमार्टम गर्छ, जिउँदो मरेको इतिहासको। ए वर्सौँदेखि जाँड र आइरकले बेहोस बनाएका च्याङ्बाहरू हो। अब त होसमा आ ! तलाई सम्धी भन्दै जाँड पिलाउनेहरू तेरो सम्धी होइनन्। तिनीहरू त सपेरा हुन्, नचाइरहेछ तलाई युगौ युगदेखि, फन्फनी, आफ्नै विणको इशारामा। गितार पाएर डम्फु बिर्सने, रातो टिका र जमरा पाएर को म्हेन्दो बिर्सने। ए, आफूलाई आधुनिक समाजवादको नायके ठान्ने च्याङ्बा हो, भन् त, तेरो सेलो अरू कसैले गाउँछ? लोसारमा को मेन्दो निधारमा टासेर अरू को नाच्छ? बुझ च्याङ्बा, अब बुझ्ने समय आयो। तलाई थाहा छ? यो झेली इतिहासकारहरूले नेपालको क्यानभासमा, कोरेको छैन हाम्रो पुर्खाहरूको इतिहास। त्यसैले उठ, अब हामीले लेख्नुपर्छ, हामीले कोर्नु छ च्याङ्बाहरको इतिहास, एउटा नयाँ इतिहास। ─── #साहित्यप्रेमी #poem #nepaliliterature #tamangculture #TamangCommunity #च्याङ्बा