Перейти к содержимому

लक्ष्मीपुर पतारी गाउँपालिकामा खाद सामग्री वितरण।

Chaturanand Yadav

0:00 / 0:00

लक्ष्मीपुर पतारी गाउँपालिकामा खाद सामग्री वितरण।

2 просмотра · 9 дн. назад
Chaturanand Yadav
241 подписчик
2 просмотра · 9 дн. назад
लक्ष्मीपुर पतारीमा कुपोषित बालबालिकालाई खाद्य सामग्री वितरण, सही खानपानबारे अभिभावकलाई सचेतना लक्ष्मीपुर पतारीमा कुपोषित बालबालिकालाई खाद्य सामग्री वितरण, सही खानपानबारे अभिभावकलाई सचेतना सिरहा ।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ स्थित पिप्रा स्वास्थ्य चौकीमा मध्यम शीघ्र कुपोषित बालबालिकाका लागि खाद्य सामग्री वितरण गरिएको छ। स्वास्थ्य चौकीमा पहिचान भएका ५४ जना मध्यम कुपोषित बालबालिकामध्ये आज ४० जना बालबालिकाका अभिभावकलाई खाद्य सामग्री वितरण गरिएको हो। वितरण गरिएका सामग्रीमा प्रतिबालबालिका १ केजी घिउ, १.५ केजी मुङ दाल, एक क्यारेट अण्डालगायतका खाद्य सामग्री रहेका छन्। सामग्री वितरणसँगै अभिभावकलाई बालबालिकाको पोषण, सन्तुलित आहार तथा सही खानपानका विषयमा जानकारीसमेत गराइएको थियो। लक्ष्मीपुर पतारी गाउँपालिकाका स्वास्थ्य संयोजक अनिल कुमार साह आफैँ पिप्रा स्वास्थ्य चौकी पुगेर खाद्य सामग्री लिन आएका अभिभावकलाई बालबालिकाको स्वास्थ्य र पोषण सुधारका लागि सही खानपानको महत्त्वबारे सचेतना गराएका थिए। पिप्रा स्वास्थ्य चौकीका इन्चार्ज ओमप्रकाश यादवका अनुसार स्वास्थ्य चौकीबाट नियमित रूपमा पोषण लेखाजोखा कार्यक्रम सञ्चालन हुँदै आएको छ। यस कार्यक्रममार्फत बालबालिकाको पोषण अवस्थाको पहिचान गर्नुका साथै अभिभावकलाई उचित खानपानबारे जानकारी दिइँदै आएको उनले बताए। नियमित पोषण लेखाजोखा र अभिभावकलाई दिइने सचेतनाले शीघ्र कडा कुपोषित बालबालिकाको संख्या न्यून राख्न सहयोग पुगेको उनको भनाइ छ। यता, लक्ष्मीपुर पतारी गाउँपालिका–२ पोखरभिण्डा स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुमार साहले भने कुपोषणबाट सुधार भएका केही बालबालिकामा पुनः कुपोषण देखिने समस्या रहेको बताए। उनका अनुसार सही खानपानबारे पर्याप्त जानकारी नहुनु र अभिभावकको कमजोर आर्थिक अवस्थाका कारण बालबालिकाको पोषण अवस्था सुधारिएपछि पनि समस्या दोहोरिने गरेको छ। त्यस्तै, वडा नम्बर २ का वडाध्यक्ष रामचन्द्र चौधरीले अभिभावकमा पोषणसम्बन्धी जनचेतनाको कमी र वितरण गरिएका खाद्य सामग्रीको उचित प्रयोग नहुनु कुपोषणको समस्या दोहोरिनुका प्रमुख कारणमध्ये रहेको बताए। कतिपय अभिभावकले बालबालिकाका लागि वितरण गरिएका खाद्य सामग्री पसलमा लगेर साट्ने गरेको जानकारी दिँदै उनले यस्तो प्रवृत्तिले बालबालिकाको पोषणमा प्रतिकूल असर पार्न सक्ने बताए। बालबालिकालाई स्वस्थ राख्न खाद्य सामग्री वितरण मात्र पर्याप्त नहुने भएकाले अभिभावकमा पोषणसम्बन्धी व्यवहार परिवर्तन, सन्तुलित आहारको प्रयोग, नियमित पोषण लेखाजोखा तथा आवश्यक स्वास्थ्य सेवामा पहुँच बढाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ। कुपोषणको समस्या न्यूनीकरण गर्न स्थानीय सरकार, स्वास्थ्य संस्था र अभिभावकबीच समन्वय आवश्यक देखिएको छ। बालबालिकालाई उपलब्ध गराइएका खाद्य सामग्रीको सही प्रयोग र घरमै उपलब्ध पोषिलो खानेकुराको उचित व्यवस्थापन गर्न सके कुपोषणको जोखिम घटाउन सहयोग पुग्नेछ।