Перейти к содержимому

वाचनकेन्द्र ।#औँसीकोजुन #चन्द्रलालतामाङ#viral

वाचन केन्द्र

0:00 / 0:00

वाचनकेन्द्र ।#औँसीकोजुन #चन्द्रलालतामाङ#viral

75 просмотров · 8 дн. назад
वाचन केन्द्र
94 подписчика
75 просмотров · 8 дн. назад
लेखक:- चन्द्रलाल तामाङ उपन्यास :- अौसीकाे जून वाचन :- दिनेश राज खरेल प्रगतिवादी लेखक चन्द्रलाल तामाङको उपन्यास ‘औँसीको जुन’ अब वाचन केन्द्रमा । प्रगतिवादी लेखक चन्द्रलाल तामाङको उपन्यास ‘औँसीको जुन’ अब वाचन केन्द्रमा । नेपाली साहित्यिक जगतमा चन्द्रलाल तामाङ गीत, गजल तथा आख्यान विधामा कलम चलाइरहेका स्रष्टा हुन्। प्रगतिवादी लेखनमा विशेष दख्खल राख्ने तामाङको उपन्यास ‘औँसीको जुन’ अब वाचन केन्द्रको युट्युब च्यानलमा सुन्न सकिन्छ। दियालो न्युज प्रा.लि.को टिमले वाचन गरेको यस उपन्यासलाई १५ भागमा विभाजन गरिएको छ। उपन्यासका सबै भाग वाचन केन्द्रको युट्युब च्यानलमा उपलब्ध छन्। साहित्यप्रेमी पाठक तथा श्रोताले घरमै बसेर उपन्यास सुन्न सक्नेछन्। ‘औँसीको जुन’ उपन्यासको भूमिकामा सौन्दर्यचिन्तक तथा वरिष्ठ समालोचक ईश्वरचन्द्र घिमिरेले कलम चलाएका छन्। त्यस्तै, वरिष्ठ लेखक तथा राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले ‘एउटा सम्भावना, सानो कृतिको गम्भीर सन्देश’ शीर्षकमा आफ्नो धारणा प्रस्तुत गरेका छन्। श्यामल अधिकारीले शुभकामना व्यक्त गरेका छन् भने डा. शेखरकुमार श्रेष्ठले पुस्तकका लागि आफ्ना केही शब्द प्रदान गरेका छन्। मधुसुजन ढकालले ‘एउटा लेखकको लेखन यात्रा’ शीर्षकमा लेखकप्रति श्रद्धाभाव व्यक्त गर्दै शुभकामना दिएका छन्। लेखकले ‘बिनीत’ उपनामबाट आफ्ना कृतज्ञतासमेत व्यक्त गरेका छन्। सुसेली साहित्य प्रतिष्ठान, दक्षिणकालीका अध्यक्ष राजाराम केसीद्वारा प्रकाशित यस उपन्यासमा प्रारम्भिक भागसहित १४ वटा परिशिष्ट समावेश गरिएको छ। कुल १७५ पृष्ठको पुस्तक २०८२ सालमा प्रकाशित भएको हो। पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ। इच्छुक पाठकले बजारबाट पुस्तक खरिद गरी अध्ययन गर्न सक्नेछन्। गीत, गजल र आख्यानमार्फत समाजका विभिन्न पक्षलाई अभिव्यक्त गर्दै आएका चन्द्रलाल तामाङको ‘औँसीको जुन’ उपन्यास साहित्यमा रुचि राख्ने पाठक तथा श्रोताका लागि एउटा नयाँ श्रवण अनुभव बन्न सक्छ। वाचन केन्द्रको युट्युब च्यानलमा उपन्यासको प्रत्येक भाग सुनेपछि दर्शक तथा श्रोताले भिडियोमा लाइक, कमेन्ट र च्यानल सब्सक्राइब गरेर सहयोग गर्न सक्नुहुनेछ। साथै, उपन्यासको कथावस्तु, वाचन शैली, प्रस्तुति तथा सुधार गर्नुपर्ने पक्षबारे आफ्ना रचनात्मक सुझाव र प्रतिक्रिया दिनसमेत अनुरोध गरिएको छ। #औँसीकोजुन #चन्द्रलालतामाङ #नेपालीसाहित्य #नेपालीउपन्यास #उपन्यासवाचन #वाचनकेन्द्र #नेपालीकविता #नेपालीगीत #नेपालीगजल #प्रगतिवादीसाहित्य #प्रगतिवादीलेखन #साहित्यिककृति #साहित्यप्रेमी #पुस्तकसमीक्षा #नेपालीलेखक #नेपालीसाहित्यकार #दियालोन्युज #AudiobookNepali #NepaliLiterature #NepaliNovel #NepaliAudiobook #NepaliPoetry #NepaliGhazal #NepaliSongs #ChandralalTamang #AunsiKoJun #NepaliWriters #BookReview #NepaliStory #VachanKendra