Перейти к содержимому

TAPAI LAI MATRA SUHAUNEY NAU || तपाईलाई मात्र सुहाउने नाउँ || 2026

Christ Centered Church Siliguri

0:00 / 0:00

TAPAI LAI MATRA SUHAUNEY NAU || तपाईलाई मात्र सुहाउने नाउँ || 2026

5 043 просмотра · 3 месяца назад
Christ Centered Church Siliguri
1,24 тыс. подписчиков
5 043 просмотра · 3 месяца назад
“तपाईलाई मात्र सुहाउने नाउँ” यस प्रस्तुत भजन / गीतले धर्मशास्त्र बाइबलकै एक मूल बिषय त्रिएक परमेश्वर र उहाँको सार्वभौमिकता र अवर्णनीय पवित्रताको बर्णन गर्छ | अनि त्रिएक परमेश्वर स्वयम् एक पापी मानिसको पाप क्षमा र मुक्तिको निम्ति कसरी सहभागी हुनुहुन्छ भन्ने सत्यतालाई बर्णन गर्छ | मानिस जातिको समय सुरु हुनभन्दा अघि र सारा सृष्टि देखा पर्न अघि नै परमेश्वर पीताले कसरी एक पापीलाई आफ्नो सार्वभौम इच्छाद्वारा आफ्नो महिमाको उदेश्यको निम्ति चुन्नुभएको छ र ख्रिस्टमा अघि बाटनै नियुक्त गर्नु भएको छ, अनि समयको पूर्णतामा पुत्र परमेश्वर एक मानवरुपमा ख्रिस्ट बनि संसारमा आउनु भई आफ्नो प्रायश्चितको बलिदानद्वारा परमेश्वर पीताले अघिबाटै चुन्नु भएकोहरुलाई कसरी किन्नुहुन्छ भन्ने सत्यता बारे प्रकट गर्छ| र हाम्रा प्रिय प्रभु येशु ख्रिस्टको प्रायश्चितको बलिदानद्वारा किनिएकाहरुलाई मात्र पवित्र आत्मा परमेश्वरले अनन्त जीवन सम्मै सुरक्षित राख्नुहुन्छ भन्ने एफीसी 1:4-14 पदको सत्यतालाई प्रस्तुत गर्छ| LYRICS नाउँ पवित्र, अति पवित्र, तपाईँलाई मात्र सुहाउने असंख्य पापहरू क्षमा गरी ख्रीष्टद्वारा हामीलाई बचाउने । पवित्र पवित्र पवित्र सार्वभौमिक परमेश्वर तपाईँलाई केवल तपाईँलाई मात्र सुहाउने नाउँ । हजारौँ–लाखौँ दूतगणहरूको दोहोरी रहने स्थिर गीत पवित्र पवित्र पवित्र नाउँ छ अति महिमित । समय र युगहरू खटाइन अघि सारा शून्यताहरू देखिन अघि पृथ्वीको जग बसालिन अघि, आकाश–नक्षत्र फिजाइन अघि (सबै राज्य र वैभवहरू आ–आफ्नो ठाउँमा खसालिन अघि) २ (स्वर्गीय पिताकै निर्धारण हो मण्डलीको मुक्ति) २ ओइली झर्ने पातको वस्त्रमा अनन्त धार्मिकता रोज्ने आदमलाई छालाको वस्त्रले ढाकी उनलाई, क्रूसमा आउन रोज्ने दोस्रो आदम भई (वेदीमा इसहाकलाई बचाउन अब्राहामको छुरा रोक्ने परमेश्वर ।) २ (पापीलाई किन्न ख्रीष्ट बनी आफूलाई क्रूसमा दिने परमेश्वर) २ पिताको योजनामा तोकिएको मुक्तिलाई ख्रीष्टले दाम तिरी फिर्ता लिएको जीवनलाई (पवित्र आत्मा छन् सधैं सुरक्षित राख्नलाई फेरि कहिल्यै दिनु हुन्न दाम हाल्न संसारलाई) २ पवित्र पवित्र पवित्र सार्वभौमिक परमेश्वर तपाईँलाई केवल तपाईँलाई मात्र सुहाउने नाउँ । हजारौँ–लाखौँ दूतगणहरूको दोहोरी रहने स्थिर गीत पवित्र, पवित्र, पवित्र नाउँ छ, अति महिमित । LYRICS. - Ps. Samuel Gurung. COMPOSITION / LEAD VOCAL - Dipen Subba. ARRANGEMENT, MIXING & MASTERING - Simon Mothey. DOP & EDITED - Ujjwal Rai CINEMATOGRAPHERS. - Adhar Mangar, Abhishek Cintury, Rabindra Rai Cast/Artist DRUMS - Simon Mothey KEYS. - Samuel gurung BASS - Shochulo khing. VIOLIN. - Jonah Gurung GUITAR - Trayza Khaling Gurung. CHOIR :- David Tamang, Prinshu poudel, Priyanka Naomie, Sabina Mohora, Sarah, Nilima Ruth Sherpa, Mary Lepcha, Arbina Mohora, Alka Chhetri, Swarnim Tamang. *SPECIAL THANKS TO: Ugyen Tshering Yolmo & Richa Rachel Yolmo, Saugat khawas, Srijana Chhetri, Pravash Chhetri, Jonah Gurung, Jawahar Singh & Gazala Dede, Roshni Chhetri, Anita Gurung, Sabita Sarki, Priyanka Naomie, Ronald Rai, Spandan Thami, Swayamber Pradhan, Abhishek Arion Pradhan, Ujjwal Mac, Rishika Chhetri Gurung. Copyright ©️ 2026 Christ Centered Church. All rights reserved. No part of this publication may be reproduced, distributed, or transmitted in any form without prior written permission.