Kuhu Kuhu Garne Banma Udne | कुहुकुहु गर्ने वनमा उड्ने | Bhajan 14
नेपाली आराधना गीतहरु
0:00 / 0:00
Kuhu Kuhu Garne Banma Udne | कुहुकुहु गर्ने वनमा उड्ने | Bhajan 14
187 просмотров · 2 недели назад
नेपाली आराधना गीतहरु
8 подписчиков
187 просмотров · 2 недели назад
कुहूकुहू गर्ने वनमा उड्ने कोइली चरी छन्
खुलुलुलु गर्दै खोला बग्ने तपाईंका सृष्टि हुन्
हे ईश्वर तपाईंका सृष्टि हुन्
1. जकजक गर्ने बत्तीझैँ बल्ने आकाशमा तारा छन्×२
जूनको किरण कति हो नरम)×२ तपाईंका सृष्टि हुन्
हे ईश्वर तपाईंका सृष्टि हुन्, मृगका पाठा के राम्रा गरी वनमा उफ्रेका,
पशू र पक्षी के राम्रा गरी तपाईंले रचेका,
हे ईश्वर तपाईंले रचेका।
2. वनमा जान्छु, फल-फूल हेर्छु तपाईंलाई सम्झन्छु)×२
तपाईंको रचना सम्झेर मनमा×२ म छक्क पर्दछु
हे ईश्वर म छक्क पर्दछु, न्याउली चरी बिलैना गाई वनमा उडेका
पशू र पक्षी के राम्रो गरी तपाईंले रचेका, हे ईश्वर तपाईंले रचेका।
3. अब्राहाम, इसहाक, याकूबका ईश्वर, दाता जीवनका×२
पापीका निम्ति अति प्रेम गरी)×२ पुत्र दिए बलिदान
हे ईश्वर, तपाईं तारणहार पापी हृदय छटपट गरी खोज्छ मुक्ति उपाय
मुक्तिको बाटो स्वर्गका वैभव तपाईंले रचेका, हे ईश्वर, तपाईंले रचेका